तेलुगु अभिनेता विष्णु मन्चूको फिल्म 'कन्नप्पा' २७ जूनदेखि हलमा प्रदर्शन हुँदैछ। फिल्ममा अक्षय कुमार महादेवको भूमिकामा देखिँदैछन्।
केही समयअघि अक्षय प्रस्तुत पोस्टर सार्वजनिक गरिएको थियो। उनको लुक्स सार्वजनिक भएपछि खुब तारिफ भइरहेको छ। फिल्ममा विष्णु मन्चू, अक्षय कुमार, प्रभास, मोहनलाल लगायत कलाकारको मुख्य भूमिका छ।
प्रभास र मोहनलाल विष्णुको साथी हुन्। त्यसैले उनीहरूले एकपटक मै फिल्म स्वीकार गरेका थिए। तर अक्षय कुमारसम्म पुग्न विष्णुलाई थोरै मुश्किल थियो। विष्णुका अनुसार अक्षयले फिल्म दुई पटक अस्वीकार गरेका थिए।
'जब मैले कहानी लेखेको थिएँ। मैले बारम्बार अक्षयलाई त्यस भूमिका देखेको थिएँ। तर अक्षयलाई मनाउन महिनौ लाग्यो। उनले मेरो फिल्म दुई पटक अस्वीकार गरेका थिएँ। त्यसपछि मैले सुधा कोन्गरालाई उनीसँग कुरा गर्न लगाएँ। फोनमा लामो समय कुराकानी गरेपछि उनले फिल्मको लागि हुन्छ भनेका थिएँ,' विष्णले भारतीय सञ्चारमाध्यम आजतकसँग भनेका छन्।
यो फिल्मको बजेट २०० करोड भारू बताइएको छ।