भारतीय चर्चित टिभी रियालिटी शो 'बिग बोस' सिजन १९ अगस्ट २४ (भदौ ८) देखि सुरू हुने भएको छ।
सलमान खानद्वारा सञ्चालित यो शो दर्शकहरूले कलर्स टिभी र जियो हटस्टारमा हेर्न सक्नेछन्।
टेलिभिजनमा राति १०ः३० बजे प्रसारण हुने यो शो ओटीटी प्लेटफर्ममा भने राति ९ बजेदेखि नै उपलब्ध हुनेछ।
हालै प्रोमा सार्वजनिक गर्दै यसको प्रसारण मिति र नयाँ थिमबारे जानकारी दिइएको हो।
यस पटकको सिजन 'घरवालों की सरकार' थिममा आधारित हुनेछ। प्रतियोगीहरूको आधिकारिक र अन्तिम सूची सार्वजनिक हुन बाँकी छ, तर केही चर्चित नामहरू यस सिजनमा सहभागी हुने चर्चा चुलिएको छ।
'बिग बोस' लाई धेरै वर्षदेखि सलमान खानले होस्ट गर्दै आइरहेका छन्।