भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखा बुबाआमा बनेका छन्। उनीहरू दुवैले इन्स्टाग्राममार्फत आफूहरू पहिलो सन्तानको अभिभावक बनेको सार्वजनिक गर्दै खुसी साटेका हुन्।
उनीहरूको चौथो विवाह वार्षिकोत्सवको दिनमा नै छोरीको जन्म भएको उनीहरूले घोषणा गरे। उनीहरूले इन्स्टाग्राम क्याप्सनमा आफूहरूको 'चौथो विवाह वार्षिकोत्सवमा भगवानले दिएको सबैभन्दा ठूलो आशीर्वाद' उल्लेख गरेका छन्।
राजकुमार राव र पत्रलेखाको भेट 'ये आशिकी' नामक म्युजिक भिडिओको छायांकनका क्रममा भएको थियो। सन् २०१२ देखि एकअर्कालाई डेट गर्दै आएका उनीहरूले नौ वर्षको सम्बन्धपछि विवाह गरेका हुन्। सन् २०२१ मा उनीहरूको विवाह भएको थियो।