अजय देवगन र रकुल प्रीत सिंह अभिनीत भारतीय फिल्म 'दे दे प्यार दे २' को कमाइ ६० करोड भारू नजिक पुगेको छ। यो रोमान्टिक कमेडी फिल्मले प्रदर्शनको नवौं दिनसम्म भारतीय बक्स अफिसमा उक्त कमाइ गरेको हो।
अंशुल शर्माद्वारा निर्देशित फिल्मले आफ्नो नवौं दिन (शनिबार) ४ करोड भारतीय रूपैयाँ (भारू) कमाएको छ। त्योसँगै भारतीय बक्स अफिसमा फिल्मले कुल ५७.३५ करोड भारू कमाइ गरेको हो।
'दे दे प्यार दे २' अजय देवगनको प्रतीक्षित सिक्वेल हो। फिल्मका कलाकारहरूको कुरा गर्दा, यसमा अजय र रकुल प्रीतका साथमा आर. माधवन, इशिता दत्ता, मिजान जाफरी, जावेद जाफेरी, गौतमी कपुरलगायतका कलाकारहरूले अभिनय गरेका छन्।
'दे दे प्यार दे २' नोभेम्बर १४ देखि प्रदर्शनमा आएको हो।