भारतीय फिल्म 'तेरे इश्क में' ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ।
धनुष र कृति सेनन अभिनीत फिल्मले ६ दिनमा भारतमा ७७ करोडभन्दा माथिको नेट कमाइ गरेको हो।
फिल्मले छैटौं दिन बुधबार ६.८५ करोड भारू कमाइ गर्यो। योसँगै फिल्मको कमाइ ७७ करोड ८५ लाख भारू पुगेको भारतीय ट्रेड वेबसाइट स्याकनिल्कले जनाएको छ।
फिल्मले शुक्रबार १६ करोड, शनिबार १७ करोड, आइतबार १९ करोड, सोमबार ८.७५ करोड र मंगलबार १०. २५ करोड भारू कमाइ गरेको थियो।
आनन्द एल राय निर्देशित 'तेरे इश्क में' मा धनुष र कृतिको केमेस्ट्री तथा अभिनयलाई दर्शकहरूले रूचाएका छन्।
आनन्द एल राय, हिमांशु शर्मा र भूषण कुमारद्वारा निर्मित यो फिल्म कलर यल्लो प्रोडक्सन र टी–सिरिजको ब्यानरमा बनेको हो।
नेपालका सिनेमा हलहरूमा समेत 'तेरे इश्क में' ले राम्रो प्रदर्शन गरिरहेको जनाइएको छ।