चर्चित भारतीय टिभी रियालिटी शो 'बिग बोस १९' को उपाधि गौरव खन्नाले जितेका छन्।
अभिनेता सलमान खानले होस्ट गर्ने यो शोको आइतबार राति भएको ग्रान्ड फिनालेमा गौरव विजेता बनेका हुन्। उनी टिभी सिरियल 'अनुपमा' मा 'अनुज' को भूमिकाबाट चर्चामा आएका थिए।
'बिग बोस १९' को उपाधिसँगै उनले ट्रफी र ५० लाख रूपैयाँ पुरस्कार जितेका छन्।
सलमानले विजेता घोषणा गरेसँगै गौरवले आफ्नी श्रीमती आकांक्षा र अन्य सह-प्रतिस्पर्धीहरूसँग जितको खुसी साटेका थिए।
यस सिजनको उप-विजेता फरहाना भट्ट बनेकी छिन्।
गत अगस्टमा सुरू भएको यस सिजनमा १८ जना विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूले प्रतिस्पर्धा गरेका थिए। फिनालेमा अमाल मलिक, तान्या मित्तल र प्रणित मोरे समेत गरी ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धामा थिए।
यो सिजन तीन महिनाभन्दा लामो चलेको थियो।