भारतीय अभिनेता यश अभिनीत प्रतीक्षित फिल्म 'टक्सिकः अ फेयरीटेल फर ग्रोन-अप्स' को टिजर सार्वजनिक भएको छ।
रकिङ स्टारका रूपमा परिचित यशको बिहीबार परेको जन्मदिनका अवसरमा सार्वजनिक टिजरले उनको 'राय' नामक पात्रको परिचय दिन्छ। यो पात्रको भूमिकामा उनी खतरनाक र क्रूर अवतारमा देखिएका छन्। टिजरमा उनको स्टायलिस लुक, शक्तिशाली हाउभाउ र हिंस्रक स्वभाव देखिन्छ।
गीतु मोहनदासको निर्देशन रहेको 'टक्सिक' मा यश र गीतुको लेखन छ।
फिल्ममा यशसहित कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, तारा सुतारिया र रूक्मिणी वसन्त लगायतको अभिनय हेर्न सकिनेछ।
एक्सन-थ्रिलर जनरामा बनेको 'टक्सिक' सन् २०२६ को मार्च १९ देखि विश्वव्यापी प्रदर्शनमा आउनेछ।