भारतीय अभिनेता अजय देवगन र अभिनेत्री रकुल प्रीत सिंह अभिनीत फिल्म 'दे दे प्यार दे २' अब डिजिटल माध्यम ओटिटीमार्फत दर्शकमाझ आउने भएको छ।
सन् २०२५ को नोभेम्बरमा सिनेमा हलमा रिलिज फिल्म जनवरी ९ (शुक्रबार) देखि ओटिटी प्लेटफर्म नेटफ्लिक्समा स्ट्रिमिङ हुन लागेको हो। यो रोमान्टिक कमेडी फिल्म अंशुल शर्माले निर्देशन गरेका हुन्।
फिल्ममा आधुनिक सम्बन्ध, उमेरको भिन्नता र पारिवारिक भावनालाई हास्य शैलीमा प्रस्तुत गरिएको छ।
यसमा अजय र रकुल प्रीतका साथमा आर. माधवन, इशिता दत्ता, मिजान जाफरी, जावेद जाफेरी, गौतमी कपुरलगायतका कलाकारहरूले अभिनय गरेका छन्।