बलिउडको नयाँ प्रेमकथानक फिल्म 'एक दिन' को टिजर सार्वजनिक भएको छ।
टिजरमा फिल्मका मुख्य कलाकार अभिनेत्री साई पल्लवी र अभिनेता जुनैद खानबीचको कोमल र प्रेमिल केमेस्ट्री देखाइएको छ।
आमिर खान प्रोडक्सनको प्रस्तुति रहेको 'एक दिन' सुनील पाण्डेले निर्देशन गरेका हुन्। स्नेहा देसाई र स्पंदन मिश्राको लेखन रहेको फिल्मको निर्मातामा मन्सूर खान, आमिर खान र अपर्णा पुरोहित छन्।
साउथकी चर्चित अभिनेत्री साई पल्लवीको यो बलिउड डेब्यु हो। त्यस्तै, जुनैद खान आमिर खानका छोरा हुन्। उनले लामो समयसम्म रंगमञ्चमा काम गरेका छन्।
'एक दिन' १ मे २०२६ मा प्रदर्शनमा आउने तालिका तय छ।