भारतीय अभिनेता रणवीर सिंह अभिनीत ब्लकबस्टर फिल्म 'धुरन्धर' पुनः सिनेमाघरमा फर्किएको छ।
'धुरन्धर २ः द रिभेन्ज' प्रदर्शनको संघारमा रहेको बेला 'धुरन्धर' सीमित समयका लागि पुनः प्रदर्शनमा ल्याइएको हो।
निर्माण कम्पनी जिओ स्टुडिओका अनुसार १३ मार्च (शुक्रबार) देखि विश्वभर करिब १२५० भन्दा बढी शो र १००० भन्दा बढी स्क्रिनमा प्रदर्शनमा आएको हो।
दर्शकलाई सिक्वेल रिलिज हुनुअघि पहिलो भाग ठूलो पर्दामा फेरि हेर्ने अवसर दिन यो निर्णय गरिएको हो।
यो फिल्म लगभग ६ दिनसम्म मात्र सिनेमाघरहरूमा चल्नेछ। किनकि यसको सिक्वेल ‘धुरन्धरः द रिभेन्ज’ १९ मार्च (चैत ५) देखि विश्वव्यापी रूपमा रिलिज हुँदैछ।
'धुरन्धर' ले बक्स अफिसमा १३ सय करोड भारतीय रूपैयाँभन्दा बढी कमाउँदै ठूलो सफलता हासिल गरेको थियो।
सिक्वेलले पनि बक्स अफिसमा ठूलो कमाइ गर्ने अपेक्षा गरिएको छ। यसमा रणवीरसँगै अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदीलगायत कलाकारहरूको अभिनय छ।