बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'भूत बंगला' को गीत 'तु ही दिस्दा' युट्युबमा सार्वजनिक गरिएको छ।
गीत रिलिज गर्दै अक्षयले सामाजिक सञ्जालमार्फत गायक अरिजित सिंहलाई धन्यवाद दिएका छन्।
गीतमा अरिजित सिंहसँगै निकिता गान्धीको स्वर छ। संगीत प्रीतमले दिएका छन् भने गीतका शब्द कुमारले लेखेका हुन्।
'तु ही दिस्दा' एक प्रेमगीत हो। यसको भिडिओमा अभिनेता अक्षय र अभिनेत्री वामिका गब्बी फिचर्ड छन्।
प्रियदर्शन निर्देशित 'भूत बंगला' मा अक्षय र वामिकासहित परेश रावल, तब्बु, मिथिला पाल्कर, जिशु यू सेनगुप्ता, मनोज जोशी, राजपाल यादवलगायत कलाकारहरूको अभिनय छ।
शोभा कपूर, एकता आर कपूर र अक्षय कुमार फिल्मको निर्माता हुन्।
'भूत बंगला' अप्रिल १० (चैत २७) देखि प्रदर्शनमा आउने तयारीमा छ।