बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह दोस्रो सन्तानको अभिभावक बन्ने भएका छन्।
अभिनेत्री दीपिकाले आइतबार सामाजिक सञ्जालमार्फत आफू गर्भवती रहेको घोषणा गरेकी हुन्।
दीपिकाले साझा गरेको पोस्टमा छोरी दुआ देखिएकी छन्। तस्वीरमा दुआले प्रेग्नेन्सी टेस्ट किट समातेको देखिन्छ, जसलाई फ्यानहरूले निकै मन पराएका छन्। उक्त पोस्टपछि सामाजिक सञ्जालमा दीपिका र रणवीरको जोडीलाई शुभकामनाको ओइरो लागेको छ।
दीपिका र रणवीरले सन् २०१८ मा विवाह गरेका थिए। उनीहरूले पहिलो सन्तानका रूपमा सन् २०२४ मा छोरीलाई स्वागत गरेका थिए।
दीपिका र रणवीर बलिउडका लोकप्रिय जोडीमध्ये एक मानिन्छन्।