तमिल फिल्म 'जन नायकन'ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ।
भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत फिल्मले रिलिजको दिनदेखि नै राम्रो व्यापार गरेको हो।
'जन नायकन'ले प्रदर्शनको तेस्रो दिनसम्म भारतमा मात्रै ७४ करोड ४४ भारू नेट कमाइ गरेको छ। यो फिल्म गत बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको थियो।
व्यापार विश्लेषक स्याकनिल्कका अनुसार शनिबार मात्रै फिल्मले २८ करोड ५० लाख भारू नेट कमाएको हो। यसअघि पहिलो दिन बिहीबार ४२ करोड ७० लाख र दोस्रो दिन २१ करोड १५ लाख भारू नेट कमाएको थियो।
तीन दिनमा फिल्मको भारतभित्रको ग्रस कमाइ ८७ करोड ५० लाख भारू पुगेको छ। त्यस्तै, विश्वव्यापी ग्रस कमाइ १७१ करोड ८४ लाख भारू पुगेको जनाइएको छ।
यससँगै फिल्म भारतमा १०० करोड भारू ग्रस कमाइको नजिक पुगेको हो। विश्वव्यापी रूपमा २०० करोड भारूको आँकडातर्फ अग्रसर भएको छ।
एच. विनोथ निर्देशित 'जन नायकन' लाई विजयको अन्तिम फिल्मका रूपमा हेरिएको छ। फिल्ममा विजयसँगै ममिता बैजु, पूजा हेगडे र बबी देओल पनि मुख्य भूमिकामा छन्।
नेपालमा भने यो फिल्म रिलिज भएको छैन।