कथाघेराको सडक नाटक 'बाटै बाटो' मा समावेश 'मान्छे हुन् महिला' गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा भयो।
योसँगै केही विवाद पनि भयो।
नाटकको अन्तिम सन्देशका रूपमा तयार गरिएको यो गीतको गलत अर्थ लगाइएको सर्जकहरू भेनिषा आचार्य र रजत थापाले बताएका छन्।
उनीहरूका अनुसार गीतले महिलालाई 'देवी' वा कुनै सम्बन्धका आधारमा मात्र परिभाषित गर्नुभन्दा पहिले 'मान्छे' का रूपमा बुझ्नुपर्ने सन्देश दिन खोजिएको हो।
यो नाटक सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा प्रदर्शन गरिएको थियो। महिला उद्यमशीलता र त्यसमा आउने अवरोधलाई मुख्य विषय बनाइएको थियो।
गीतको पहिलो हरफ 'खोलीमै जानुपर्दछ मान्छे सिक्नलाई पौडन' मार्फत् महिलालाई अवसर नदिई अयोग्य भन्नु अन्याय भएको सन्देश दिइएको उनीहरूको भनाइ छ।
सन् २०१८ मा स्थापित स्वतन्त्र थिएटर समूह कथाघेराले महिला अधिकार, मानसिक स्वास्थ्य लगायत सामाजिक विषयमा नाटक प्रस्तुत गर्दै आएको छ।
हेर्नुहोस् यिनै सन्दर्भमा भेनिषा र रजतबीचको कुराकानीः