गायक शान भुसालको स्वरमा तयार भएको नयाँ प्रेमगीत 'संगी' सार्वजनिक भएको छ। कपिलराज गिरीको शब्द रहेको गीतमा गायनमा शानलाई सलिना बिकेले साथ दिएकी छिन्।
गीतमा संगीत गायक शानकै छ भने एरेन्ज दीक्षित पौडेलको हो।
भिडिओमा पल शाह र सजीना श्रेष्ठको केमेस्ट्री आकर्षक देखिएको छ। गीतले प्रिय व्यक्तिसँग भेटेपछि जीवन नै रंगीत र अर्थपूर्ण बनेको अनुभूति व्यक्त गर्छ। भावनात्मक प्रेमकथामा गीत आधारित छ।
यसको भिडिओ मनाङका सुन्दर दृश्यमा ५ दिन लगाएर खिचिएको निर्माण पक्षले जनाएको छ।
किरण थापाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडिओलाई पवन सुस्लिङले छायांकन गरेका हुन्। सम्पादन पवन र प्रवेश खत्रीको हो। भिडिओलाई सपना भुसालले प्रस्तुत गरेकी हुन्। गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ।
भिडिओः