सांगीतिक क्षेत्रका कलाकारहरूलाई यतिबेला भ्याइनभ्याइ छ।
स्वदेशका मेला/महोत्सव तथा अन्य सांगीतिक कार्यक्रममा कलाकारहरू दैनिकजसो व्यस्त छन्। कतिपय कलाकारहरूले आफूले प्रस्तुति दिने सांगीतिक कार्यक्रमको लाइनअप नै सार्वजनिक गरेका छन्।
एलिना चौहान, अर्जुन सापकोटा, प्रकाश दुतराज, दुर्गेश थापा, रचना रिमाल, समीक्षा अधिकारीलगायतले माघ महिनाको आफ्नो व्यस्त सांगीतिक तालिका सार्वजनिक गरेका हुन्।
गायिका एलिना चौहान माघे संक्रान्तिको दिन बिहीबार स्याङजाको चापाकोटमा प्रस्तुति दिँदैछिन्। २ गते उनी महेन्द्रनगर पुगेर गुञ्जिनेछिन् भने ३ गते टीकापुर, ४ गते नेपालटार, ५ गते हल्दिबारी, ६ गते बाँसगढी, ७ गते कावासोती, ८ गते नेपालगञ्ज, ९ गते ताराताल र १० गते श्रीनगरमा आफ्नो प्रस्तुति रहेको एलिनाले जानकारी दिएकी छन्।
गायक अर्जुन सापकोटा 'झलिको' गीत चलेपछि स्टेजमा निकै खोजिएका छन्। उनी बिहीबार माघे संक्रान्तिको दिन धादिङमा प्रस्तुति दिँदैछन्। माघ २ गते म्याग्दी महोत्सव, ३ गते भिमाद, ४ गते रिडी मेला गुल्मी, ५ गते पोखरा महोत्सव, ६ गते देवचुली महोत्सव नवलपुर, ७ गते श्रीनगर सल्यान, ८ गते सुर्खेत बोटेचौर, ९ गते लालमटिया दाङ र १० गते जयनगर बर्दियामा उनको प्रस्तुति तय छ।
गायक प्रकाश दुतराज बिहीबार म्याग्दी महोत्सवमा गुञ्जिदैछन्। माघ २ गते भिमाद तनहुँ, ३ गते सुर्खेत, ४ गते देवदह महोत्सव, ५ गते देवचुली महोत्सव, ६ गते घोराही महोत्सव, ७ गते अर्घाखाँची महोत्सव, ९ गते रोल्पा र माघ १० गते पोखरा महोत्सवमा प्रकाशको प्रस्तुति रहनेछ।
गायक दुर्गेश थापा पनि दिनमै स्टेज कार्यक्रममा व्यस्त छन्। उनले बिहीबार मोरङमा प्रस्तुति दिँदैछन्। माघ २ गते काठमाडौं, ३ गते अर्घाखाँची, ४ गते पोखरा, ५ गते दमौली, ६ गते सिक्किम, ७ गते टिकापुर, ८ गते बाँसगढी, ९ गते देवचुली, १० गते काठमाडौं र ११ गते सुर्खेतमा उनको प्रस्तुति तय छ।
गायिका रचना रिमाल बिहीबार बागलुङमा आयोजित माघे संक्रान्ति महोत्सवमा प्रस्तुति दिँदैछिन्।
माघ २ नेपालगञ्ज बाँके, ३ गते खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव, नुवाकोट, ४ गते महेन्द्रनगर, ५ गते टीकापुर महोत्सव, ६ गते पर्सा, ७ गते गैडाकोट महोत्सव, ८ गते बाँसगढी महोत्सव, बर्दिया र माघ १० गते नुवाकोट महोत्सवमा रचनाको प्रस्तुति तय छ।
अर्की गायिका समीक्षा अधिकारीलाई पनि यतिबेला सांगीतिक कार्यक्रममा भ्याइनभ्याइ छ। उनी बिहीबार दिउँसो तनहुँ महोत्सवमा र बेलुका भिमाद रंगशालामा प्रस्तुति दिँदैछिन्।
माघ २ र ३ गते बागलुङ, माघ ४ पोखरा महोत्सव, ५ गते माघी ल्होसार मेला, थोरी (पर्सा)मा प्रस्तुति दिएर काठमाडौं फर्किएसँगै समीक्षाले ६ गते रेकर्डिङमा समय दिनेछिन्। ७ गते अष्ट्रेलिया प्रस्थान गर्नेछिन्। माघ ९ सिड्नीमा उनको गलबन्दी साँझ कार्यक्रम हुनेछ।
अन्य थुप्रै कलाकारहरू छन्, जो हिजोआज स्टेज कार्यक्रममा व्यस्त बनिरहेका छन्।
माघे संक्रान्ति तथा विभिन्न महोत्सवलाई लक्षित गर्दै कलाकारहरूको व्यस्त तालिकाले देशभर सांगीतिक माहोलको लहर चलेको बुझन् सकिन्छ।
यो गायक/गायिकाहरूका लागि कमाउने अवसर समेत हो।