राजु परियार र राधिका हमालको स्वरमा मौलिक देउसी भैलो गीत सार्वजनिक भएको छ।
'झिली मिली देउसी भैलो' बोलको उक्त गीतको म्युजिक भिडिओ अमृता लुंगेली मगर युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो।
गीतमा राजु परियार, सरोज विरही कार्की, घमेश दुलाल, अमृता लुंगेली, सीता थापा र राधिका हमालको स्वर छ।
शब्द र संगीत सरोज विरही कार्कीले भरेका हुन् भने एरेन्ज पनि उनैको छ।
भिडिओको निर्देशन खगेन्द्र गिरीले गरेका हुन्। भिडिओमा पिएन सापकोटा, सम्झना लामिछाने र अमिश उपरकोटीको अभिनय छ।
भिडिओ: