Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
सोमबार, चैत २, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

जहाजको डर

Nmb
Nmb
रमेश भुसाल

रमेश भुसाल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

कयौं नेपालीले अझै जहाज चढेका छैनन्। जहाज चढ्नु धेरैको सपना हो।

जरुरी काम नपरेसम्म सामान्य नेपालीले आन्तरिक विमानस्थल जाने सोच बनाइहाल्दैन भने अन्तर्राष्ट्रिय विमानस्थल त परको कुरो भो। सहरमा बस्दैमा सबैले उपलब्ध सुविधा कहाँ प्रयोग गर्न पाउँछन् र!

नपाउनेमध्ये एउटा म पनि थिएँ।

सहरमा सुविधा छन्। तर सक्नेले मात्रै उपभोग गर्ने हो। नसक्नेले त अरुले उपभोग गरेको टुलुटुलु हेर्ने मात्र।

सहरभित्रैको विमानस्थल मेरा लागि बनेको थिएन। एमएससी गर्दासम्म पनि जहाज चढ्ने अवसर पाइएन।

वातावरण विज्ञानको स्नातकोत्तर, तर पत्रकार बन्ने हुटहुटी। संयोगवश देशकै सबैभन्दा चर्चित कार्यक्रम उत्पादन गर्ने उज्यालो रेडियो नेटवर्क मेरो पूर्णकालीन पहिलो कार्यथलो भयो। दुई वर्षजति रेडियोमा दिनरात काम गरेँ। गीत-संगीतका कार्यक्रमदेखि अन्तर्राष्ट्रिय रिपोर्टसम्म। एसएमएस पढ्नेदेखि बहस कार्यक्रम चलाउनेसम्म।

बिहान ७/८ बजेतिर रेडियो छिरेपछि बेलुकी ९ बजे घर फर्कनु सामान्य हुन्थ्यो। 'एसिया कलिङ' भन्ने एक घन्टे अंग्रेजी कार्यक्रम म पूरै अनुवाद गरेर भ्वाइसअोभर गर्थें। त्यसका रिपोर्ट बिहान कायाकैरन र बेलुकी नेपाल दर्पण भन्ने समाचार बुलेटिनमा मेरै आवाजमा बज्थे। देशैभरी। सयौं रेडियोमार्फत्।

देशभरी सुनिने रेडियोमा बोलेपछि गाउँघरतिर चर्चा हुने नै भो। कहिले कम्बोडियाको रिपोर्ट त कहिले भियतनाम। कहिले फिलिपिन्स त कहिले इन्डोनेसिया। दक्षिण तथा दक्षिणपूर्वी एसियाली देशहरुबाट स्थानीय पत्रकारले बनाएका रिपोर्टको संगालो अंग्रेजीमा इन्डोनेसियामा तयार पारिन्थ्यो। मलाई पठाइन्थ्यो। म नेपालीमा अनुवाद गरेर भ्वाइसअोभर गर्थें। साथीहरूलाई विभिन्न 'बाइट' बोल्न लगाउँथे। ती आवाज एकठ्ठा गरेर मुख्य रिपोर्ट पढ्थेँ। तीन-चार मिनेटका पूर्ण रिपोर्ट मेरो आवाजमा बज्थे।

एक जना आफन्तले गाउँतिरबाट फोन गर्दा 'घरि कुन देशबाट बोल्छौ घरि कुन देश, अहिले त नेपालमै रैछौ नि बाबु' भनेको म सम्झिन्छु। विचरो म त्यो बेलासम्म विदेश जानु त परै जाअोस्, जहाज पनि चढेको थिइनँ। रेल चढेर भारत गएकोबाहेक।

Ncell
Ncell

२००९ मे महिनामा सगरमाथा नजिकैबाट हेर्ने अवसर अाइलाग्यो।

मेरो कार्यक्रममा अतिथि भएर आएका हिमालय एक्स्पेडिसन संस्थाका विक्रम पाण्डेले भने, 'नाम्चेबजारदेखि बेसक्याम्पसम्म हुने एभरेष्ट म्याराथनमा रिपोर्टिङ गर्ने भए जाउँ, हामी तपाईंलाई लान्छौं।'

मेरो लागि त्यो ठूलो अवसर थियो। सगरमाथाको फेदतिर पहिलोपटक जाने, जिन्दगीमा पहिलोपटक जहाज चढ्ने। अनि देशभरीका रेडियोमा त्यो म्याराथनबारे लाइभ रिपोर्टिङ गर्ने।

सर एडमन्ड हिलारीका नातिनीदेखि जर्मन राजदूतसम्म जाँदै थिए। म उत्साहित भएर सम्पादकको कोठमा गएँ।

'सर यस्तो अवसर आएको छ, म जान्छु,' मैले भनेँ।

उनले कडा स्वरमा उत्तर दिए, 'जतिखेर मन लाग्यो उतिखेर घुम्न जान पाइन्छ?'

म अवाक भएँ।

आफूले पैसा खर्च गरेर रिपोर्टिङ गर्न पठाउनुपर्ने ठाउँमा आफैं जाने अवसर पाएँ भन्दा त्यस्तो रुखो उत्तर।

दुई वर्ष भइसकेको थियो, म एकपटक पनि कतै गएको थिइनँ। दिनरात काम गरेकै थिएँ।

म सरक्क आफ्नो कोठामा गएँ। कम्प्युटर अगाडि बसेँ। विदेशमा रहेका म्यानेजिङ डाइरेक्टर गोपाल गुरागाईंलाई इमेलमा राजीनामा लेखेँ। र, यस्तो कार्यक्रममा सगरमाथा जाँदैछु भनेर हिँडेँ। लाइभ होस् या नहोस्, जागिर रहोस् वा नरहोस्। वातावरण विज्ञानमा स्नातकोत्तरमा डिस्टिङ्सन ल्याएकै छु। बोल्न जानेकै छु। मेहेनत गरिहाल्छु। कसो अर्को जागिर नपाइएला र! मैले मनमनै सोचेँ, 'हाकिम त म पनि एकदिन भइहाल्छु तर यस्तो चाहि हैन।'

राजीनामा लेख्दा आँशु झरे। इमेल पठाएर म जहाज चढ्न र सगरमाथा हेर्न हिँडेँ।

मे महिनाको अन्तिम साता थियो। दुई दिन अान्तरिक विमानस्थल जाँदै फर्कंदै गर्नुपर्यो। तेस्रो दिन बल्ल मौसम सुध्रियो। जहाज चढियो। सगरमाथा देखियो। यसैका लागि जागिर छाडियो। जागिर छाडे पनि समाचारकक्षका साथीहरुमध्ये कसैले फोन गरेर मलाई लाइभ गर्न तयार हुन भने। मैले संयोगवस् बोचेको एभरेष्ट होटल अगाडि मोबाइलबाट लाइभ रिपोर्टिङ गरेँ। त्यसपछिका वर्षमा विभिन्न अंग्रेजी पत्रिका, बिबिसी नेपाली सेवा, दक्षिण एसियाली अनलाइन 'दी थर्ड पोल' मा काम गर्दा विश्व घुम्ने अवसर पाएँ। अन्टार्टिकाबाहेक सबै महादेश पुगेँ। ३०/३५ देश पुगेर समाचार लेखेँ। विश्वस्तरका कार्यक्रमबाट रिपोर्टिङ गर्ने अवसर पाएँ।

जहाज चढ्न मलाई खासै रमाइलो लाग्दैन। सधैं एक किसिमको डर मनमा रहिरहन्छ। तीन वर्षअघि हाम्री छोरी गर्भमा थिइन्। त्यसैबीच म तीन-चारपटक युरोप र अमेरिका जानुपर्यो। म २४ घन्टे जहाज यात्रामा समेत एक मिनेट पनि सुतिनँ। घरि आकाश हेर्थें त घरि जमिन। घरि नक्सा हेर्थें त घरि समय। मलाई एउटै डर थियो। मजस्तै मेरी छोरीले पनि आफ्नो बाबा नै देख्न पाइनन् भने। जहाजको यात्रा न हो, के हुन्छ के!

म जन्मिनुअघि नै मेरो बुवा बित्नुभयो। मैले कहिल्यै देख्न पाइनँ। मलाई त्यसैको डर लाग्ने। खासमा त्यो डरको कुनै अर्थ थिएन। चढेपछि आफ्नो जिन्दगी अरुको हातमा सुम्पिने हो भन्ने थाहा भए पनि कता कता डर चाहिँ रहिरहने।

यही वर्ष मात्रै बैंकक तेस्रोपटक जाँदै थिएँ। जुलाई महिनाको अन्तिम साता। जहाज बोइङ ७७७। उडान काठमाडौं-बैंकक। सिट नम्बर ३६ के। झ्यालतिरको सिट तर पखेटाको माथिपट्टि।

म सकेसम्म झ्यालको सिट माग्छु। हिमाल देखिने साइडतिर झ्यालका सिट धेरैजसो पर्यटकले बुक गरिसकेका हुन्छन्। हिमाल हेर्ने रहर छ र जहाज पूर्वतिर उड्दै छ भने देब्रेपट्टिको झ्यालको सिट माग्नुपर्यो। पश्चिमतिर जाने हो भने दाहिनेतिरको सिट माग्नुपर्यो वा रिजर्भ गर्नुपर्यो।

मनसुनको महिना। पानी पार्ने बादल बंगालको खाडीबाट उत्तर पश्चिमतिरको बाटोमा तछाडमछाड गरिरहेकै थियो। मनसुन नेपाल छिरिसक्यो। दर्जनौंले ज्यान गुमाइसके। त्यो बादल हामी सबैको बाँच्ने आधार हो। हाम्रा नदी बगेर बंगालको खाडीमा पुग्छ्न्। पानी बाफ हुँदै बादल बन्छ र फेरि बर्सिन्छ। हरेक वर्ष यस्तै हुन्छ।

यो वर्ष पनि सुरुआतमै बर्सिएको पानीका कारण धेरैले ज्यान गुमाइसके। कयौं प्रतिक्षामा छन्। कसको ज्यान जान्छ भन्नै सकिन्न। प्राय: जुन महिनाको दोस्रो सातासम्म यो नेपाल प्रवेश गरिसक्छ। पानी बर्साउँछ। विस्तारै पश्चिमतिर सर्छ। सेप्टेम्बर अन्तिम सातापछि यो सामान्यतया निस्क्रिय हुन्छ।

वर्षभरीको कुल पानी हिसाब गर्ने हो भने ८० प्रतिशत यी चार महिनामा पर्छ। यही पानीसँगै धेरैको जीवनलीला सकिन्छ। धेरैको उठिबास हुन्छ। तर यो भएन भने अर्बौं मानिसको उठिबास हुन्छ। अन्न फल्दैन। खोला बग्दैन।

जहाजको छेउ सिटमा बसेका मानिससँग परिचय गरेँ। नाम यतीन गिरी। पाइलट रहेछन्। उनको यो परिचय चाहिँ उनका सहयात्रीले दिए।

पाइलटसँग यात्रा गर्न रमाइलै हुने भो। यो पनि पहिलो अवसर थियो। सधैं पाइलट ककपिटमा, आफू यात्री। आज पाइलट सहयात्री। जहाज अलिकति हल्लियो। अघि परिचय गराइदिने सहयात्रीले समाउन हात अघिल्लो सिटतर्फ सारे।

'समात्न पर्दैन, चिन्ता नगर्नुस्। जब म समात्छु त्यसपछि समात्नु होला। यो त सामान्य हो,' गिरीले भने।

जहाजको उडानमा 'टर्बुलेन्स' सामान्य शब्द हो। 'यो हावाको बहावमा आउने अवरोधले हुन्छ,' गिरीले भने, 'हावाको बहावमा पहाड, भवनजस्ता कारणले अवरोध आयो भने टर्बुलेन्स आउँछ। यो कम उचाइको कुरा भयो। तर ३०/४० हजार फिटमा पनि टर्बुलेन्स आउँछ। त्यसका विभिन्न कारण हुन्छन्- तापक्रमको भिन्नता, पृथ्वीको घुमाइ, जेट स्ट्रिम ( पृथ्वीको सतहभन्दा १०/१२ किलोमिटर माथि पश्चिमबाट पूर्वतिर जोडले बग्ने हावा)।'

कारण विभिन्न भए पनि नतिजा एउटै। जहाज हल्लिने।

मलाई हवाई विज्ञानमा चासो छ। लेखहरु पढ्छु। तर पाइलट छेउमै भएकाले धेरै कुरा सोध्न मन लाग्यो। प्रश्न म गर्थें, उनी उत्तर दिन्थे। घरिघरि 'मैले धेरै त सोधेको छैन नि' भन्दा उनी आफूलाई बोल्न एकदम मनपर्ने बताउँथे।

'यात्रा भनेकै अरुसँग बोल्ने हो नि। मलाई एकदम रमाइलो लागिरहेको छ,' उनले मेरो गिलासतिर देखाउँदै भने, 'आफ्नो अगाडि राखेको गिलास हल्लेर खस्यो नै भने त्यो सिभियर टर्बुलेन्स हो।'

'यो कत्तिको खतरा हुन्छ?' मैले सोधेँ।

'चिन्ता गर्नुपर्ने खालको हुँदैन,' उनले भने, 'रिस्क त अलिअलि भइहाल्छ।'

'धेरै मानिस जहाज चढ्दा डराउँछन्। खासमा जहाज सबैभन्दा सुरक्षित यात्राको साधन हो नि, होइन र?' मैले सोधें।

'हो, सुन्नुस् म तपाईंलाई भन्छु,' उनले सिटको अगाडिपट्टि कसरी सुरक्षित हुने भन्ने लेखिएको कागतको पन्ना निकाले।

'अहिले त प्रविधि कहाँबाट कहाँ पुगिसक्यो। जहाज पनि निकै बलिया बनिसके। खासमा जहाजको पखेटामा तेल भरिएको हुन्छ। त्यसको खास कारण ती पखेटा कम हल्लिउन भनेर हो। तै जहाज बनाउने बेला ती पखेटा बांगिएर एकअर्कालाइ छुदाँसम्म नभाचिने परीक्षण गरिएको हुन्छ। तलमाथि गरेर त कुरै छाड्नुस्, पूरै बांगिए पनि पखेटा भाँचिदैन,' उनले विस्तारै कागत बटार्दै देखाए।

'पाइलटको घरपरिवारका मान्छे त चिन्ता मात्रै गर्दा हुन् है,' मैले सोधेँ।

'बानी परिसक्यो। नर्मल नै हुन्छ। त्यस्तो तपाईंले सोचेजस्तो हुँदैन। तर आकाशमा उड्दा अलिअलि चिन्ता त लाग्दो हो नि,' गिरीको उत्तर आयो, 'उमेर बढ्दै जाँदा, परिवार भएपछि आफैंलाई पनि अलि डर लाग्दो रहेछ। म नेपालका पहाड, हिमालमा जहाज उडाएको मान्छे, तर अहिले विवाह गरेपछि अलि डर लाग्न थाल्यो। छोराछोरी भएपछि अझै बढी लाग्छ होला। त्यो एकदम स्वाभाविक हो। सामान्य पनि। डर भनौं कि चिन्ता।'

मलाई पनि त्यस्तै लाग्छ। म सगरमाथा जाँदा थोपो डराएको थिइनँ। अहिले बोइङ, एयरबसमा पनि चिन्ता लाग्छ।

जहाज धावनमार्गबाट दक्षिण पूर्व हानियो। बादलमय छ आकाश।

'आज वेदर राम्रै खाइएलाजस्तो छ। मनसुनमा अलि धेरै वेदर खेल्दै उड्नुपर्छ,' गिरीले भने।

ओहो! वेदर पनि खेल्ने। मैले पहिलोपटक सुनेको शब्द थियो त्यो। हिउँ खेल्ने, खेल खेल्ने, समुद्री छालसँग खेल्न त ठिकै हो। वेदर पनि कसरी खेल्ने भनेर म मनमनै सोच्दै थिएँ। पाइलटको भाषा।

'वेदर खेलेर उडाको त एक एक हिसाब हुन्छ। मार्क भइरहेको हुन्छ पाइलट। मलेसियाबाट अघिल्लो महिना फर्किंदा एकदम धेरै वेदरसँग खेल्नुपर्यो मैले,' उनले सुनाए।

उनले नेपालको अान्तरिक विमान धेरै वर्ष उडाए। अहिले हिमालयन एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान भर्छन्। उनले चलाउने जहाज एयरबस कम्पनीको हो। हामीले चढिरहेको बोइङ। एयरबस युरोपेली कम्पनी हो भने बोइङ अमेरिकी। विश्वका दुई ठूला जहाज निर्माण गर्ने कम्पनीहरु।

'म तलब धेरै पाइन्छ भनेर चहारेर हिँड्दिनँ। एक ठाउँमा मजाले काम गर्ने मेरो बानी छ,' पहिलो सन्तानको बाबु बन्ने तयारीमा रहेको सुनाउँदै उनले भने, 'अलि ढिलो विवाह गरियो।'

कुरा अगाडि बढ्यो। जहाज पनि अगाडि बढ्दै छ।

काठमाडौंको टावर छाडेपछि कोलकाता, ढाका, यंगुन अनि बैंककको टावरसँग समन्वय हुन्छ। म अधिकांश समय जहाजमा नक्सा हेरेर बिताउने गर्छु। आज चाहिँ मजाले गफ भइरहेको छ। उनी पनि बेलाबेला कहाँ पुगियो हेरिरहेका थिए।

'यो रुटमा म्यानमारको यंगुनमा रहेको एयर ट्राफिक कन्ट्रोलले बोलेको बुझ्न असाध्यै गाह्रो हुन्छ। मुखमा केही राखेर बोलेजस्तो,' उनले सुनाउँदै थिए।

मैले त्यसको बलियो सम्भावित उत्तर दिएँ, 'अघिल्लो महिना म म्यानमार पुगेको थिएँ। त्यहाँका मान्छेको मुखमा चौबीसै घन्टा सुपारी हुन्छ। पक्का पनि ट्राफिक कन्ट्रोलका मान्छे त्यस्तै गर्छन् होला।'

उनले मुस्कानसहित भने, 'अब मैले थाहा पाएँ। मलाई लागिराथ्यो, केही त गडबड छ भनेर। तपाईंले भनेपछि अब पक्का भयो।'

जहाज वेदर खेल्दै छ। हेर्नुस् त बाहिर अहिले बादल मजाले छलिराछ पाइलटले। जहाज प्राय: पश्चिमतिर उड्ने बेला जोर नम्बरको उचाइमा उड्छ। पूर्वतिर उड्दा बिजोर नम्बरको। जस्तो, कतार जाँदा ३८००० फिटमा उड्यो भने बैंकक जाँदा ३७००० फिटमा।

'इस्ट इज लिस्ट, वेस्ट इज वेस्ट भन्छन् नि, हो त्यही हो,' उनले भने।

यो नियम भने हैन। एयर ट्राफिक कन्ट्रोलले गाइड गरेअनुसार पनि हुन्छ। दुई जहाजको ठाडो दूरी प्राय: १००० फिटभन्दा कम हुँदैन। जहाजको एल्टिमिटर एकदम सही हुन्छ।

'१००० फिट भनेको हजार फिट नै हो। त्यो १ हजार १० हुँदैन। त्यसैले जहाज ठोकिने कुरा अहिले सम्भव छैन,' उनले जहाज कति सुरक्षित हुन्छ भनेर मलाई सम्झाए।

हामी नेपाली कहिलेकाहीँ मात्र जहाज चढ्ने अवसर पाउँछौं। रक्सी दिने जहाज पर्यो भने त बिहान ७ बजे पनि ह्विस्की र बियर स्वाट्ट पार्ने धेरै हुन्छन्। सामान्यतया चिया, कफी पिउने बेला पनि रक्सी चल्छ। रक्सी नदिने जहाज पर्यो भने किनेरै खाने कम हुन्छन्। खाएपछि चिच्याएर बोल्ने त धेरैको बानी नै छ। हामी भारतीयभन्दा अलि कमै चर्का छौं। बैंकक त झन् रमाइलो गर्न जानेको उत्साहले भरिपूर्ण हुन्छ। यही हो मौकामा चौका ठोक्ने भनेजस्तो माहोल हुन्छ।

'जहाजमा सकेसम्म कम रक्सी र धेरै पानी पिउनु राम्रो,' गिरीको सल्लाह थियो, 'कुनै बेला केही भइहाल्यो भने आफूलाई सम्हाल्न सक्ने हुनुपर्यो। केही भइहाल्यो भने त एक सेकेन्डको पनि महत्व हुन्छ नि। त्यसैले एक घन्टाको फरकमा एउटा सानो क्यान बियर खाँदासम्म ठिक हुन्छ।'

पहिला पहिला पाइलटले आफ्नो तरिकाले पनि जहाज चलाउँथे। अहिले त्यो सम्भव नभएको उनले बताए। अहिले त एकदम कडा नियम छ। यता उता गर्ने चान्स छैन।

'धेरै सेफ भइसक्यो एभिएसन,' मैले उनको यो तर्क काट्दै प्रश्न गरेँ, 'तै पनि जहाज दुर्घटना त भइरहेका छन् नि?'

'हेर्नुस् यो मेसिन हो। केही पनि हुन्न भन्न सकिन्न, तर सुरक्षाका धेरै उपाय अपनाइएको हुन्छ,' उनले भने।

म यात्रामा धेरैजसो झ्याल खोलेर बाहिर हेर्छु। उनले यसमा सल्लाह दिए, 'सकेमस्म विन्डोसिल माथि पुगेपछि बन्द गरेको राम्रो। धेरै उचाइमा हानिकारक विकिरणहरु हुन्छन्। त्यसैले घाम नपारेको वेश हुन्छ। पाइलटलाई त्यो सुविधा हुँदैन। सिधै घाम परिहाल्छ।'

जहाजमा मोबाइलको सिग्नलले साँच्चै असर पार्छ कि पार्दैन होला भनेर म जहिल्यै सोच्ने गर्छु। सधैं 'स्विचअफ' गर भन्दा सबैले गर्छन् भन्ने के नै छ र। तर नगरे के हुन्छ भन्ने जवाफ मैले खासै भेटेको छैन।

'सधैं मोबाइलको स्विचअफ गर्नू भन्छन्, यो साँच्चै गर्नुपर्छ कि पर्दैन? म सधैं दोधारमा हुन्छु। खासमा कुरा के हो?'

'सबै डोमेस्टिक जहाज पछिल्ला आधुनिक प्रविधिले भरिपूर्ण हुँदैनन्। त्यसैले मैले इन्टरफेयर भएको धेरैपटक महशुस गरेको छु। मुगु जिल्लाको ताल्चा विमानस्थलमा एकचोटि मोबाइलको सिग्नलले इन्टरफेयर गरेको अनुभव छ। अन्तर्राष्ट्रिय फ्लाइटमा भने त्यस्तो असर पर्दैन। तै पनि यो रिस्क फ्याक्टर भएकाले बन्द गर्न भनिएको हो,' उनले भने, 'म डोमेस्टिक फ्लाइटमा मा त कडै गर्छु तर अन्तर्राष्ट्रियमा खासै कडा गर्दिनँ।'

अघिल्लो सिटको पछाडि कप झुन्ड्याउने भाँचिएको थियो। त्यसैलाई देखाउँदै उनले भने, 'यो पनि रिस्क हो। इमर्जेन्सीमा दौडिने बेला कसैको कपडा अल्झियो भने यात्रुलाई खतरा हुन्छ। त्यसैले यसलाई पनि रिस्क फ्याक्टरमा लिस्ट गर्न सकिन्छ।'

भारतको बिहारस्थित भागलपुर नजिकबाट बंगलादेशको ढाका हुँदै जहाज म्यानमारको यंगुनतिर उड्दै थियो। हामी गफिँदै। कहिले जीवनका त कहिले जहाजका कुरा।

एयर होस्टेसलाई उनले सोधे, 'इज देयर सियर फ्याक्टर अन दिस रुट टुडे?'

एयर होस्टेसका लागि यो एकदम असामान्य प्रश्न थियो। उनी अक्मकिइन्। यतीनले पाइलट भएको बताएपछि मुस्कानसहित 'नो नो' भनिन्।

मैले सोधिहालेँ, 'के हो यो सियर फ्याक्टर भनेको यतीनजी?'

'जहाज झडंग हुने गरी हल्लिने। यो वायुको बहावमा आउने आकस्मिक फेरबदलका कारण हुन्छ,' उनले भने।

म सोच्दै थिएँ। केही महिनाअघि म कैलालीमा एउटा कार्यक्रममा स्रोत व्यक्ति भएर गएको थिएँ। त्यसलाई स्थानीय रुपमा व्यवस्थापन गरिदिने एक जना थारु समुदायका मभन्दा पाका उमेरका दाइ थिए। हामी कर्णालीको पानीबारे समुदाय र नेताहरुसँग छलफल गरिरहेका थियौ। साँझ कर्णालीको माछा खाने भनेर हामी गाडीमा टिकापुरबाट कर्णालीतिर गयौ। सँगै गएका आयोजक संस्थाका अभिषेक श्रेष्ठ भाइसँग भोलिपल्टको फ्लाइटको कुरा हुँदै थियो।

ती दाइले फ्याट्ट भने, 'सर एनजिअोमा काम गरेको १५ वर्ष भयो, तर अहिलेसम्म जहाज चढेको छैन। एकचोटि त चढाउनुपर्यो मलाई पनि। सधैं हाकिमहरु जहाज चढ्ने, हामी त बसमा हो।'

'दुई सातापछि काठमाडौंमा हुने कार्यक्रममा ती दाइलाई जसरी भए पनि जहाज चढाएर काठमाडौं बोलाइदेऊ न है,' मैले ती आयोजक भाइलाई अनुरोध गरेँ।

दुई सातापछि काठमाडौंमा जहाज चढेर आएका ती दाइको खुसीको सीमा थिएन। उनले च्याप्प हात समातेर धन्यवाद सर भनेका थिए।

विमानस्थलका कमर्चारी त मलाई बडाहाकिमजस्ता लाग्छन्। अमेरिका जान भनेर पासपोर्ट देखाउने नेपाली र मलेसियामा काम गर्न जाने नेपालीसँग बोल्ने तरिकै फरक हुन्छ, अध्यागमन कर्मचारीको। देश रेमिटेन्सले धानेको कुरा ती बुझ्दैनन कि कुन्नी! दुवैले तिर्ने एयरपोर्ट शुल्क एउटै हो। तै मान्छेअनुसार व्यवहार।

एकदिन मलाई ‘यता आउ भाइ’ भनेर बोलाएपछि मैले 'किन तिमी भनेको' भनेर झगडै गरेँ। पछि सरी भन्न पनि लगाएँ। जिन्दगीमा पहिलोपटक विमानस्थल पुग्नेले त त्यो आँट गर्ने कुरै भएन। विनारोकतोक छिर्न पाए भो। गाली गरुन कि च्याँठिउन्। बस् सहने हो। फेरि छिर्न दिएनन् भने लफडा मात्र। शासक मानसिकता बोकेको कर्मचारीतन्त्र त छ अझै। कहाँ सेवाग्राही भनेर हेर्छ र!

यता हाम्रो जहाज थाइल्यान्ड छिर्यो।

“अब गुरुरु तल तल झर्ने हो,' यतीन भन्दै थिए।

कति सहज तरिकाले भनेका। हामी पहाडका बाटा हिँड्दा भन्थ्यौं नि, 'अब त अोरालो गुरुरु झर्ने।' हो त्यस्तै।

'म त जे पनि इन्जोए गर्छु,' बिर्तामोड पुर्ख्यौली घर भएका उनले भने, 'बिर्तामोड गएका बेला बिहान उठेर कुखुरा हेरेरै घरबाहिर तीन घन्टा पनि बस्नसक्छु म। भालेले पोथीलाई कसरी फकाउँछ। उनीहरु यताउता गरेर खाना खोज्दै कसरी हिँड्छन्। त्यही कुखुरामा कति धेरै कथा छन्। कमिला, कीरा एक दुई घन्टा हेरेर बसौं त कस्तो आनन्द आउँछ। म त कहिलेकाहीँ कमिलाको ताँती हेरेर पनि धेरैबेर बस्छु। त्यसले जीवनमा धेरै कुरा सिकाउँछ।'

यी र यस्तै कुरा हुँदै थियो हाम्रो। म पनि जानेसम्मका कुरा उनलाई भन्थेँ, उनी मलाई।

जहाज अवतरण भयो। हाम्रो बाटो छुट्टियो। हात मिलाउँदै छुट्टिँदै गर्दा उनले भने, 'ल है मित्र, पृथ्वी सानो छ, फेरि भेट भइहाल्छ।'

फेरि भेटौंला यतीनजी।

प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  १९:१९
सिफारिस
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

एक्लोपन: साइबर अपराधीको ब्रह्मास्त्र!
यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!
मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP