Ncell
Setopati
x
Honda
Setopati
x
Honda
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
आइतबार, चैत १, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बैदार बाजे

Nmb
Nmb
रेजिना राई

रेजिना राई

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

वैदार भनेर चिनिनुहुने मेरो हजुरबा पहलमान राई

‘उत्तरेको बालागुरु धर्मात्मा’

घरमा कोही पाहुना आए र तिनलाई बिदाइ गर्नुपर्‍यो भने त्यो बेला हजुरबुवा यसो भन्नुहुँदै आँगनमा नाच्नुहुन्थ्यो।

पातलो शरीर, दौरा र हाफ सुरूवाल लगाउनुभएको हजुरबुवाको आकृति अझै पनि आँखै अगाडि नाच्छ।

जीवनमा धेरै प्रभाव उहाँका कुराहरूले पारे। सानो छँदादेखि मामाघरमा हुर्किनु परेको म,माया ममतासँगै ज्ञान दिने केवल हजुरबुवा हुनुभयो।

वि. सं २०३५ सालतिरको कुरा हो (२०३५/१२/१७ घटना भएको साँझ ), तत्कालीन एमाले पार्टीले आफ्नो क्रान्तिको सुरूआत गरिरहेको थियो।

एक साँझको समय थियो, त्यो झुपडी घरमा बाहिरबाट एक्कासी कोही आए, बन्दुक चलाए, भालाले बैदार बाको मुटुसम्म पुग्ने गरी रोपे अनि अनायसै गायब भए।

घरमा केटाकेटी रुँदै कोलाहल मच्चाउन थाले। बैदार बा गोली र भालाले रोपिएसँगै बेहोस भए। सँगै रहेका बैदार्नी पनि। हरेक साँझ पहरा दिन आउने छिमेकी त्यो साँझ आइपुग्न भ्याएका थिएनन्। पञ्चायत कालिन वैदार हुनुको नाताले उनीहरूले बैदार बाजेलाई सामन्ती शोषक भन्ठान्थे त्यतिबेला। क्रान्तिमा हमेसा युवाको रगत उम्लिरहेको हुन्छ, त्यही जोसमा होस गुमेको बेला मेरो हजुरबुवा पनि सामन्तीको सूचीमा पर्नुभयो अन्तत: गोलीको सिकार पनि।

गोली हानिसकेर हत्याराहरू तत्कालीन चमैता गाविसबाट इभाङ गाविसतर्फ लागे। जहाँ उनीहरूको नाइके भन्ठानिने रत्न कुमार वान्तवा थिए।

Ncell
Ncell

सुनिए अनुसार्, त्यसबेला सामन्तीको सूची तयार पार्दै गर्दा रत्न कुमार वान्तवाले भनेका थिए रे, अरु जे भए पनि वैदार बालाई नचलाउनू।

जब बैदार बालाई गोली लागेको खबर उनीकहाँ पुग्यो, तब उनले भनेका थिए रे ‘तिमीहरूले वैदारलाई हैन मलाई मारेका हौ’

(२०३५/१२/२७ मा रत्न कुमार वान्तवा प्रहरीद्वारा गोली हानी मारिए।)

त्यसबेलाको सरकारले इलाम अस्पतालमा लगेर बैदार बाको उपचार गराए सरकारकै खर्चमा। बैदार बाजेलाई निको हुन समय लाज्ञो भने बैदार्नी बज्यै अलि चाँडै निको भयो।

बालापनका याद सधैं बैदार बा (हजुरबुवा) सँग जोडिन आउँछ। मामाघरको बसाइ हरेक माया ममताको आभास उहाँले दिलाउनुहुन्थ्यो। केटाकेटी बालबच्चा उहाँलाई असाध्यै मनपर्थे।

हरेक तिथिमिति मा घरमा पूजा लगाउनु पर्ने हुन्थ्यो। घरमा आएका पुरेत (पण्डित) हरूको जानेबेलामा मुख अँध्यारो देखे रिसाउनुहुन्थ्यो। पण्डित भनेको भगवान् समान हुन यिनलाई खुसी बनाउन जरूरी छ भन्ने उहाँको मान्यता थियो।

हरेक बिहान उठेर सूर्यको पूजा गर्नु अनि पँधेरामा गइ पानी ल्याइ घरमा पूजा गर्ने उहाँको दैनिकी थियो। आफू कान सुन्नुहुन्नथ्यो तर समाचारमा के भनिरहेछ भन्ने खुब चासो हुन्थ्यो उहाँलाई। राजनीति उहाँको रगतमै सवार थियो भने धर्मकर्म उहाँको नित्यकर्म।

हरेक साँझ् टुकी बालेपछि बत्तीलाई नमस्कार गर्नु अनि घरमा भएका अग्रजहरूलाई नमस्कार गरिसकेपछि हजुरबाको अगाडि आएर राष्ट्रिय गान भन्नुपर्ने हुन्थ्यो र केही ज्ञान गुणका कुरा हामीलाई सोध्नुहुन्थो। हामीले जवाफ दिन नसके त्यो साँझ भोकै सुत्नुपर्ने हुन्थ्यो। उहाँ कडा स्वभावको हुनुहुन्थ्यो।

पौष शुक्ल पूर्णिमा आएपछि उहाँ झन व्यस्त बन्नुहुन्थ्यो। खोलामा गएर बालुवा ल्याउनुहुन्थ्यो, बाँस काटेर लिंगो बनाउनुहुन्थ्यो र फूलबारीमा ती बालुवा राखेर लिंगो राखेपछि वेलको दाना राख्नुहुन्थ्यो अनि श्री श्वस्थानी परमेश्वरीको व्रत बस्ने र हरेक दिन मध्यान्हमा श्री महादेवको पूजा गर्नुहुन्थ्यो। श्वस्थानीको व्रत पुरुषले बस्छन् बस्दैनन् अझै थाहा छैन मलाई, तर उहाँ हरेक वर्ष बस्नुहुन्थ्यो र हरेक साँझ कथा पढेर सुनाउनुहुन्थ्यो।

लेखपढबाट समय मिल्यो भने बाटो सफा गर्ने, बाटो बनाउने र रूख रोप्ने उहाँको शौख थियो। बैदार बाले आफ्ना दाजुभाइसँग त्यतिबेला कसले रोपेको रूख अग्लो हुने भनेर प्रतिष्पर्धा गर्नुहुँदा उहाँले सल्ला र बाँकीले वर चाँप रोप्नुभएको थियो रे, जुन सल्ला अझै पनि बाँकी रूखभन्दा उच्च शीर लिएर बसिरहेको छ घरै छेउमा।

उमेर पाको हुँदै गएपछि उहाँलाई गाह्रो पर्दै गयो। त्यत्तिका उमेरमा पनि पात्रो हेर्न उहाँलाई कहिल्यै चश्माको जरूरत परेको थिएन। घरमा मौरीको मह काडेको दिन मह खाइसकेपछि उहाँ भन्नुहुन्थ्यो “चरीको दूध खाइयो” ।

३५ सालको काण्डपछि सरकारले मधेस झर्न आग्रह गर्दा पनि आफू जन्मेको माटोमा नै मर्छु भनेर बस्नुभएको उहाँ अन्तत: थला पर्दै जानुभयो। चेत वा अचेत अवस्थामा उहाँ भन्नुहुन्थ्यो ” मलाई घ्युमा तेल भुटेर देउ”

बालाचतुर्दशीको दिन थियो।

बिहानदेखि नै नरमाइलो लागिरहेको थियो। म कक्षा ८ मा पढ्थेँ सायद। घरबाट स्कुल पुग्न २ घण्टा लाग्थ्यो। हिँडेर जानुपर्ने। धेरै नै थला परी सक्नु भएकोले हजुरबा बोल्न सक्नुहुन्न थियो। मन यसै खिन्न थियो नै तर स्कुल जान भनेर हिँड्यौं।

वालाचतुर्दशीको दिन मेला लाग्ने गर्थ्यो, जुन ठाउँमा मेला लाग्ने हो त्यो ठाउँ पुग्न स्कुलबाट फेरि अर्को एक घण्टा हिँड्न पर्थ्यो। वर्षेनी जस्तो नै वालाचतुर्दशीमा हामी मेला जाने गर्थ्यौं।

विद्यालयले लगे शिक्षकहरूसँगै नत्र विद्यालयबाट भागेरै भए पनि जाने गर्थ्यौं। त्यो वर्ष विद्यालयले लगेन अनि हामी अरू साथीहरू जस्तै भागेर मेला गयौं। मेला खास रमाइलो यसै लागेन। सधैं हामी ढुंगामा खोपिएको महादेवको मूर्ति ढोग्ने पूजा गर्ने गर्थ्यौ, त्यो दिन दिदीले भन्नुभयो, ‘घरमा हजुरबाको त्यस्तो स्थिति छ आज पूजा नगरम है’ यसमा हामी सबैले सहमति जनायौं।

मेलामा बस्न मन लागेन। घर फर्किन भनेर उकालो लागौं। जंगलको बाटो थियो। हिँड्न जाँगर पटक्कै थिएन। लहराहरू भएको जंगलमा पिङ खेल्न भनेर बसिरहेका थियौं। यत्तिकैमा गाउँका एक जना दाइ आए र एकैसासमा भने ‘ओइ तिमीहरूको हजुरबुवा त मर्यो।’

म सायद बुझ्न सक्ने भएको थिइनँ क्यार,तर मेरी दिदी बुझ्ने भैसकेकी थिइन्। उनी हतारमा घरतिर दौडिइन्। म भने अब हजुरबुवा नै नरहनुभएपछि हजुरबुवाको लागि भनेर किन्न पठाएको चिनीको के काम्, बरु चाउचाउ खाउँ भनेर दिदीले किन्दिनुभएको चाउचाउमा रमाउन थालेँ।

घरबाट हामीलाई लिन भनेर विद्यालय जानुभएको रहेछ, तर हामी नभेटिएकोले गर्दा यसै फर्किनुभएछ। दिदी हतारमा गइहाल्नुभयो। म आफ्नै रफ्तारमा घरमाथिको सिँढीमा के पुगेथें। एकोहोरो शंख बज्यो।

लामो काठको बाकसमा सेतो कपडाले ढाकेर हजुरबालाई लिएर जानुहुँदैथियो। त्यो अन्तिम दृश्य थियो जतिबेला मैले आफूलाई सबभन्दा बढी माया गर्ने हजुरबालाई अन्तिम पल्ट देखिरहेकी थिएँ। घरभित्र छिरेँ,सबै रोइरहेका थिए। गाउँका अग्रजहरू पनि।

म भने अचम्ममा परिरहेकी थिएँ, मान्छे मर्दा रूनुपर्ने रहेछ भनेर मलाई पहिलो पल्ट थाहा भयो। घरभित्र सधैं हजुरबालाई देखिरहने ठाउँमा खाली थियो लिपिएको थियो, सधैं निस्फिक्री छिर्ने त्यो घर आज मलाई एक्कासी पाइला अगाडि बढाउन पनि डर लागिरहेको थियो। एकै झोकामा सब हराए जस्तो सबै बिलाए जस्तो शून्य शून्य भैरहेको थियो।

१३ औं दिनको पछि सबै आइरहेका मानिसहरू पनि जान थाले। सधैं हिन्दू धर्ममा विश्वास राख्ने हुनुभएकोले घरमा उहाँको आत्माको शान्तिको लागि पुराण लगाइयो।

पुराण लगाइरहँदा थुप्रै पुरेतहरू आएका थिए। जाडो मौसम थियो, आगो ताप्न खोज्दा एक ब्राम्हणले उसको चुल्हो नजिक जान दिएनन्। अरूले पनि नजाउ मात्र भन्यो,कारण किन भन्ने बुझ्न मलाई धेरै समय लाग्यो।

सबैलाई एउटै नजरले हेर्नुपर्छ भन्ने मान्यता भएको हजुरबाले ठूलालाई आदर र सानालाई माया भन्ने पाठ मात्र सिकाउनुभयो।

वेदबाट पछि नहट्नुभएको उहाँले धर्म आस्था भन्ने कुरा के हो सिकाउनुभयो। सबभन्दा बढी त उहाँले ज्ञान विधा के हो र यसको महत्व कति हुन्छ भन्ने कुरा सिकाउनुभयो। जीवनमा धेरै प्रभाव कुनै व्यक्तिको छ भने उहाँको नै छ।

अझै पनि घरमा गिता देख्छु,उहाँको याद आउँछ। कहिँकतै पातलो कदका कोही देख्दा पनि याद आउँछ, घरको आँगनमा त्यो फूलबारी छेउमा अझै पनि हजुरबा ‘गुन्द्री बजार पहिरो गयो गाई काटेको पापले’ भनेर गीत गाउँदै उफ्रिँदै नाच्नुहुँदैछ जस्तै लाग्छ।

समय बित्न कत्ति बेर नलाग्दो रहेछ। बारीको पाटा छेउमा रहेको उहाँको स्मृति देख्दा पनि विश्वास लाग्दैन कि उहाँ अझै हामी माझ हुनुहुन्न भन्ने।

बरु लाग्छ आँगनको डिलमा अझै पनि हजुरबुवा हुनुहुन्छ, मकै खोसेलाले बुनेको गोलो पिर्का ओछ्याएर काखमा वेद राखेर अझै उहाँ बोल्दै हुनुहुन्छ ‘श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव’।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १३:१६
सिफारिस
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्य छ- सिएनआई उपाध्यक्ष ढकाल
नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्य छ- सिएनआई उपाध्यक्ष ढकाल
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

एक्लोपन: साइबर अपराधीको ब्रह्मास्त्र!
यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!
मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP