Ncell
Setopati
x
Honda
Setopati
x
Honda
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
आइतबार, चैत १, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

‘हरि’ हराएपछि...

Nmb
Nmb
रेनुका पाण्डे देवकोटा

रेनुका पाण्डे देवकोटा

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

दामनमा भारतीय पर्यटकहरूको कहालीलाग्दो निधनपछि केरलाका मुख्यमन्त्रीले नेपाल सरकारसँग मृतकहरूलाई क्षतिपूर्ति माग गर्दै विदेशमन्त्री जयशंकरलाई लेखेको चिठी नेपालका अखबारहरूमा समेत छापियो।

मै हूँ भन्ने अनलाइनमा छापिएको खबरको आशय थियो, उनीहरूले जबरजस्ती हिटर मागेर लगेको हुनाले घटना घटेको हो, त्यसैले उनीहरूको निधनमा उनीहरूकै हात छ। कृतघ्न भएर मानवीय मर्यादाको खिल्ली उडाउँदै होटल एसोसिएसनका पदाधिकारीको नामसहित भनिएको छ, जे भए पनि हामी दुखी छौं।

होटल एसोसिएसनका मानिसले कतै पनि मृतकका परिवारसँग माफी मागेको भनिएको छैन। मरेका मानिसलाई दोषी देखाएर छापिएको खबरमा रिसोर्टले नियमित रूपमा गर्नुपर्ने जाँच गरेरनगरेकोबारे खोजी गर्ने पत्रकारको चासो विषय नभएको देखिएको छ। 

भिजिट नेपालको मुखैमा यस्तो दुर्घटना हुनु बडो दुर्भाग्यपूर्ण कुरा थियो। नेपालमा नियम र विधि विधान कसरी कागजमा मात्रै सीमित छन्रु दण्ड गर्ने निकाय कति फितलो छ र पर्यटक कसरी अकाल मृत्युको मुखमा पुग्छ भन्ने कुरा त दामनमा देखियो। यही देखिएको कुरालाई बेइमान तरीकाले कसरी समाचार बन्दो रहेछ भन्ने अर्को दुर्भाग्य पनि देखियो।

आँखा चिम्म गरेर सोचौं त, कोठा न्यानो भए कसैले हिटर मगाउँछ? ग्राहकलाई हिटर दिँदै गर्दा त्यसको कारण हुनसक्ने जोखिमबाट बच्ने हिसाबले रिसोर्ट बनाइएको थियो कि थिएन? थिएन भने रातिको समयमा सुरक्षा गर्न बसेका सुरक्षाकर्मीलाई सो विषयमा सतर्कता अपनाउन कुनै तालिम दिइएको थियो या थिएन? मृतकहरूले जबरजस्ती लगेकैले घटना भएको भन्नु जस्तो बेइमान तर्क गर्न व्यवसाय गरेर बसेका व्यवसायी व्यक्तिलाई सुहाउँला? 

मलाई एउटा कुरा के प्रष्ट थाहा छ भने, हामीकहाँ यस्ता घटनाहरूले छुन छोडेको छ। हाम्रो मनोविज्ञान बेनी,खलँगामा यति विद्रोही माओवादी, अनि यति सेना मरे भन्ने खबरको अर्धचेतमै चलिरहेको छ।

द्वन्द्वका आला घाउहरू कहाँ पुरिएका छन्रु सुशुप्त मनोविज्ञानले हामीलाई तर्क गर्ने लेठोतिर लाग्न दिँदैनन्रु घटना घट्न नदिन सतर्कता अपनाउने कुरातिर ख्याल त गरिएन नै, अब सुरक्षा निकाय र छानबिनका मानिसहरूले यो घटनालाई सामसुम पार्नेछन्। बढी नै दबाब आयो भने सरकारले क्षतिपूर्ति दिन सक्छ तर होटलहरूको स्तरोन्नतितिर कसैको चासो जाने छैन।

छानबिन गर्न आउनुपूर्व सूचना पुग्ने हाम्रो छानबिन टोलीले मलेखु बजारतिर गरेको छानबिन जस्तै हुनेछ यो पनि। 

मलाई यो घटना सुनेपछि हामी नेपाली कति बेइमान छौं, बेइमानीले गर्दा देश कसरी रसातलमा पुगिरहेको छरु भन्ने घटना प्रतिघटनाको सांग्लो नै दिमागमा फनफनिएर आयो। 

Ncell
Ncell

केही महिना अघि एउटा घटना निकै चर्चामा आएको थियो सामाजिक सञ्जालमा, एक जना ठेकेदार समयमा काम सम्पन्न गरे बापत फूलमाला र खादाबाट सम्मानित भएको। 

मलाई त यो घोर सामाजिक विचलन र देशभित्र रहेको इमान्दारिताको खडेरीको विम्व जस्तो लाग्यो। 

ठेकेदारले पाउनुपर्ने रकम पाएको छ। कमिसन खाएको छ। बाटोको गुणस्तर कस्तो छ रु त्यो त जहाँसुकै जाओस्, बेलामा बाटो बन्यो भनेर खुसी भएर तीन बित्ता उफ्रेर ठेकेदार पुज्ने अवस्थामा हामी छौं। 

जसले जे काम गर्नपर्ने हो, त्यसले त्यही काम गर्दा खुसी हुनुपर्ने अवस्था हाम्रो छ। शिक्षकले पढाइदियो भनेर खुसी हुनुपर्ने, कर्मचारी अफिसमा देख्दा खुसी हुनुपर्ने, विमानस्थलमा जहाज सकुशल ओर्लंदा खुसी हुनुपर्ने र बस चढेको मान्छे सकुशल घर पुग्दा खुसी हुनुपर्ने हाम्रो अवस्था छ। हामीसँग खुसी हुनका निम्ति धेरै ठूला कुरा चाहिएकै छैन। 

मलाई किन हो किन, यी कुराले दुखी बनाइरहेको छ। हामीहरूले टिपरले किचेर मान्छे मारेका समाचार दिनैपिच्छे पढ्छौं। एकछिन आन्दोलित हुन्छौं। अनि सेलाउँछौं। त्यही बाटो किन भनेर प्रश्न गर्दैनौं। जो प्रश्न गर्छन्, उनीहरू पार्टीभित्रका भए सरकारको विरोध गरेका ठहरिन्छन्, पार्टी बाहिरका भए विरोधीको उपमा पाउँछन्। आफ्नै घरमा घटना भए भाग्यको खेल भनेर रुवाबासी गर्छौं। मृत्युकर्म सकिएपछि मनमा आलो घाउ बोकेर जीवनघरि घस्रिरहन्छौं। 

सारमा भन्नुपर्दा हरेक मानिस जसरी हुन्छ कमाउने धन्दामा लागेको छ। नेता,पत्रकार,कर्मचारी,बुद्धिजीवीको ठूलो समूह जे जसरी हुन्छ कमाउन तयार छ।

कमाउने धन्दामा उसले इमान्दारिताका हरेक पर्खाल तोडेको छ। नत्र एउटा पत्रकारले मृतकहरूले जबरजस्ती हिटर लगेर मान्छे मरेका हुन् भन्ने कुराको ‘जिष्ट’ कसरी लेख्न सक्छ?

रिसोर्ट बाहिरबाट हेर्दा भयंकर देखिएर मात्र हुन्छ र रु आगलागी हुँदा निभाउने ग्यास नराखिए, भान्सामा प्रयोग गर्ने तेलको तापक्रम बढी भए, सरसफाइको 

न्यूनतम मापदण्ड नभए सरकारले थुप्रै लगानी गरेका होटल पनि बन्द गरिदिन्छ विधि विधान भएका देशमा। किनभने, त्यहाँ मानिसको जीवनको महत्व छ। 

हामीकहाँ आफ्नो र आफ्नाको बाहेक जब अरुको जीवनको महत्व हुँदैन, अनि यस्ता सामाजिक प्रतिकृया आउँछन्। 

समाजवाद, दलाल पुँजीवाद, विपीवाद, मदनवाद, बहुदलीय जनवाद जे जे वाद भने पनि पहिलो कुरा मान्छेको मनमा ‘हरि’ चाहिने रहेछ। त्यो हरि भनेको शायद इमान्दारिता नै हो।

हरि हराएपछि जे जे वाद पनि काम लाग्दैनन्। मधेशमा उखु किसानहरूको कन्तविजोग हुँदा मुखमा दही जमाएर बस्ने मधेशवादी महान नेताहरू, महाकाली सन्धीमा यति खरब र उति खरब फाइदा हुन्छ भनेको भाषण सुनेर अहिले पानी समेत भारतले मनपरी गरेको देख्दा पनि चुपचाप बस्ने नेताहरू, वीपीको समाजवादको कहानी सुन्दासुन्दै देशका उद्योगधन्दा चौपट हुँदा पनि चुपचाप लाग्ने खुला अर्थतन्त्रका हिमायति कांग्रेसजनहरू, आफ्नै सरकार हुँदा पनि दासढुंगाको जघन्य हत्याकाण्डलाई यत्तिकै गुन्द्रीमुनि लुकाउने कम्युनिष्टहरू यी सबैमा हरि हराएकाहरूको बोलवाला भएपछि समाजमा विकृति नबढे के बढ्छ? 

हो, हामीहरू साँच्चिकै बेइमान छौं। राष्ट्रिय योजना आयोगको कार्यालयमा एसी चलाएर जति मन्थन गरे पनि हामी उँभो नलाग्नुको मूल जरो हामी बेइमान हुनु नै हो।  हामी आफ्ना कार्यकर्ताप्रति इमान्दार छैनौं। हामी हाम्रै नीतिप्रति इमान्दार छैनौं। 

शासकहरू जनताप्रति इमान्दार छैनन्। अनि देश कसरी बन्छ?  

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ११:२५
सिफारिस
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्य छ- सिएनआई उपाध्यक्ष ढकाल
नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्य छ- सिएनआई उपाध्यक्ष ढकाल
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

एक्लोपन: साइबर अपराधीको ब्रह्मास्त्र!
यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!
मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP