Ncell
Nic asia bank
Nic asia bank
Setopati ब्लग
Subscribe Setopati
शुक्रबार, पुस २५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

‘हरि’ हराएपछि...

रेनुका पाण्डे देवकोटा

रेनुका पाण्डे देवकोटा

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

दामनमा भारतीय पर्यटकहरूको कहालीलाग्दो निधनपछि केरलाका मुख्यमन्त्रीले नेपाल सरकारसँग मृतकहरूलाई क्षतिपूर्ति माग गर्दै विदेशमन्त्री जयशंकरलाई लेखेको चिठी नेपालका अखबारहरूमा समेत छापियो।

मै हूँ भन्ने अनलाइनमा छापिएको खबरको आशय थियो, उनीहरूले जबरजस्ती हिटर मागेर लगेको हुनाले घटना घटेको हो, त्यसैले उनीहरूको निधनमा उनीहरूकै हात छ। कृतघ्न भएर मानवीय मर्यादाको खिल्ली उडाउँदै होटल एसोसिएसनका पदाधिकारीको नामसहित भनिएको छ, जे भए पनि हामी दुखी छौं।

होटल एसोसिएसनका मानिसले कतै पनि मृतकका परिवारसँग माफी मागेको भनिएको छैन। मरेका मानिसलाई दोषी देखाएर छापिएको खबरमा रिसोर्टले नियमित रूपमा गर्नुपर्ने जाँच गरेरनगरेकोबारे खोजी गर्ने पत्रकारको चासो विषय नभएको देखिएको छ। 

भिजिट नेपालको मुखैमा यस्तो दुर्घटना हुनु बडो दुर्भाग्यपूर्ण कुरा थियो। नेपालमा नियम र विधि विधान कसरी कागजमा मात्रै सीमित छन्रु दण्ड गर्ने निकाय कति फितलो छ र पर्यटक कसरी अकाल मृत्युको मुखमा पुग्छ भन्ने कुरा त दामनमा देखियो। यही देखिएको कुरालाई बेइमान तरीकाले कसरी समाचार बन्दो रहेछ भन्ने अर्को दुर्भाग्य पनि देखियो।

आँखा चिम्म गरेर सोचौं त, कोठा न्यानो भए कसैले हिटर मगाउँछ? ग्राहकलाई हिटर दिँदै गर्दा त्यसको कारण हुनसक्ने जोखिमबाट बच्ने हिसाबले रिसोर्ट बनाइएको थियो कि थिएन? थिएन भने रातिको समयमा सुरक्षा गर्न बसेका सुरक्षाकर्मीलाई सो विषयमा सतर्कता अपनाउन कुनै तालिम दिइएको थियो या थिएन? मृतकहरूले जबरजस्ती लगेकैले घटना भएको भन्नु जस्तो बेइमान तर्क गर्न व्यवसाय गरेर बसेका व्यवसायी व्यक्तिलाई सुहाउँला? 

मलाई एउटा कुरा के प्रष्ट थाहा छ भने, हामीकहाँ यस्ता घटनाहरूले छुन छोडेको छ। हाम्रो मनोविज्ञान बेनी,खलँगामा यति विद्रोही माओवादी, अनि यति सेना मरे भन्ने खबरको अर्धचेतमै चलिरहेको छ।

द्वन्द्वका आला घाउहरू कहाँ पुरिएका छन्रु सुशुप्त मनोविज्ञानले हामीलाई तर्क गर्ने लेठोतिर लाग्न दिँदैनन्रु घटना घट्न नदिन सतर्कता अपनाउने कुरातिर ख्याल त गरिएन नै, अब सुरक्षा निकाय र छानबिनका मानिसहरूले यो घटनालाई सामसुम पार्नेछन्। बढी नै दबाब आयो भने सरकारले क्षतिपूर्ति दिन सक्छ तर होटलहरूको स्तरोन्नतितिर कसैको चासो जाने छैन।

Laxmi bank
Laxmi bank

छानबिन गर्न आउनुपूर्व सूचना पुग्ने हाम्रो छानबिन टोलीले मलेखु बजारतिर गरेको छानबिन जस्तै हुनेछ यो पनि। 

मलाई यो घटना सुनेपछि हामी नेपाली कति बेइमान छौं, बेइमानीले गर्दा देश कसरी रसातलमा पुगिरहेको छरु भन्ने घटना प्रतिघटनाको सांग्लो नै दिमागमा फनफनिएर आयो। 

Ncell
Ncell

केही महिना अघि एउटा घटना निकै चर्चामा आएको थियो सामाजिक सञ्जालमा, एक जना ठेकेदार समयमा काम सम्पन्न गरे बापत फूलमाला र खादाबाट सम्मानित भएको। 

मलाई त यो घोर सामाजिक विचलन र देशभित्र रहेको इमान्दारिताको खडेरीको विम्व जस्तो लाग्यो। 

ठेकेदारले पाउनुपर्ने रकम पाएको छ। कमिसन खाएको छ। बाटोको गुणस्तर कस्तो छ रु त्यो त जहाँसुकै जाओस्, बेलामा बाटो बन्यो भनेर खुसी भएर तीन बित्ता उफ्रेर ठेकेदार पुज्ने अवस्थामा हामी छौं। 

जसले जे काम गर्नपर्ने हो, त्यसले त्यही काम गर्दा खुसी हुनुपर्ने अवस्था हाम्रो छ। शिक्षकले पढाइदियो भनेर खुसी हुनुपर्ने, कर्मचारी अफिसमा देख्दा खुसी हुनुपर्ने, विमानस्थलमा जहाज सकुशल ओर्लंदा खुसी हुनुपर्ने र बस चढेको मान्छे सकुशल घर पुग्दा खुसी हुनुपर्ने हाम्रो अवस्था छ। हामीसँग खुसी हुनका निम्ति धेरै ठूला कुरा चाहिएकै छैन। 

मलाई किन हो किन, यी कुराले दुखी बनाइरहेको छ। हामीहरूले टिपरले किचेर मान्छे मारेका समाचार दिनैपिच्छे पढ्छौं। एकछिन आन्दोलित हुन्छौं। अनि सेलाउँछौं। त्यही बाटो किन भनेर प्रश्न गर्दैनौं। जो प्रश्न गर्छन्, उनीहरू पार्टीभित्रका भए सरकारको विरोध गरेका ठहरिन्छन्, पार्टी बाहिरका भए विरोधीको उपमा पाउँछन्। आफ्नै घरमा घटना भए भाग्यको खेल भनेर रुवाबासी गर्छौं। मृत्युकर्म सकिएपछि मनमा आलो घाउ बोकेर जीवनघरि घस्रिरहन्छौं। 

सारमा भन्नुपर्दा हरेक मानिस जसरी हुन्छ कमाउने धन्दामा लागेको छ। नेता,पत्रकार,कर्मचारी,बुद्धिजीवीको ठूलो समूह जे जसरी हुन्छ कमाउन तयार छ।

कमाउने धन्दामा उसले इमान्दारिताका हरेक पर्खाल तोडेको छ। नत्र एउटा पत्रकारले मृतकहरूले जबरजस्ती हिटर लगेर मान्छे मरेका हुन् भन्ने कुराको ‘जिष्ट’ कसरी लेख्न सक्छ?

रिसोर्ट बाहिरबाट हेर्दा भयंकर देखिएर मात्र हुन्छ र रु आगलागी हुँदा निभाउने ग्यास नराखिए, भान्सामा प्रयोग गर्ने तेलको तापक्रम बढी भए, सरसफाइको 

न्यूनतम मापदण्ड नभए सरकारले थुप्रै लगानी गरेका होटल पनि बन्द गरिदिन्छ विधि विधान भएका देशमा। किनभने, त्यहाँ मानिसको जीवनको महत्व छ। 

हामीकहाँ आफ्नो र आफ्नाको बाहेक जब अरुको जीवनको महत्व हुँदैन, अनि यस्ता सामाजिक प्रतिकृया आउँछन्। 

समाजवाद, दलाल पुँजीवाद, विपीवाद, मदनवाद, बहुदलीय जनवाद जे जे वाद भने पनि पहिलो कुरा मान्छेको मनमा ‘हरि’ चाहिने रहेछ। त्यो हरि भनेको शायद इमान्दारिता नै हो।

हरि हराएपछि जे जे वाद पनि काम लाग्दैनन्। मधेशमा उखु किसानहरूको कन्तविजोग हुँदा मुखमा दही जमाएर बस्ने मधेशवादी महान नेताहरू, महाकाली सन्धीमा यति खरब र उति खरब फाइदा हुन्छ भनेको भाषण सुनेर अहिले पानी समेत भारतले मनपरी गरेको देख्दा पनि चुपचाप बस्ने नेताहरू, वीपीको समाजवादको कहानी सुन्दासुन्दै देशका उद्योगधन्दा चौपट हुँदा पनि चुपचाप लाग्ने खुला अर्थतन्त्रका हिमायति कांग्रेसजनहरू, आफ्नै सरकार हुँदा पनि दासढुंगाको जघन्य हत्याकाण्डलाई यत्तिकै गुन्द्रीमुनि लुकाउने कम्युनिष्टहरू यी सबैमा हरि हराएकाहरूको बोलवाला भएपछि समाजमा विकृति नबढे के बढ्छ? 

हो, हामीहरू साँच्चिकै बेइमान छौं। राष्ट्रिय योजना आयोगको कार्यालयमा एसी चलाएर जति मन्थन गरे पनि हामी उँभो नलाग्नुको मूल जरो हामी बेइमान हुनु नै हो।  हामी आफ्ना कार्यकर्ताप्रति इमान्दार छैनौं। हामी हाम्रै नीतिप्रति इमान्दार छैनौं। 

शासकहरू जनताप्रति इमान्दार छैनन्। अनि देश कसरी बन्छ?  

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ११:२५
सिफारिस
अनुहार फेरेर जाने कि पुरानै अनुहार लिएर जाने चुनावमा?
अनुहार फेरेर जाने कि पुरानै अनुहार लिएर जाने चुनावमा?
रित्ता गाउँबेसीमा आशाका लहरा तान्ने हाइकर!
रित्ता गाउँबेसीमा आशाका लहरा तान्ने हाइकर!
एनआरएनए अमेरिकाले भन्यो- युवासम्बन्धी कुनै कार्यक्रम तय भएको छैन, मन्त्री गुप्तालाई बोलाएका छैनौं
एनआरएनए अमेरिकाले भन्यो- युवासम्बन्धी कुनै कार्यक्रम तय भएको छैन, मन्त्री गुप्तालाई बोलाएका छैनौं
पेट्रोलमा इथानोल कसरी मिसाइन्छ, सवारी साधनमा असर गर्छ कि गर्दैन?
पेट्रोलमा इथानोल कसरी मिसाइन्छ, सवारी साधनमा असर गर्छ कि गर्दैन?
प्रदीप गिरि किन भन्थे– यो लोकतन्त्र होइन, गिरोहतन्त्र हो!
प्रदीप गिरि किन भन्थे– यो लोकतन्त्र होइन, गिरोहतन्त्र हो!
रूकुम पश्चिममा होला राजनीतिक गुरू-चेलाबीच भिडन्त?
रूकुम पश्चिममा होला राजनीतिक गुरू-चेलाबीच भिडन्त?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

यातायात पूर्वाधारमा नयाँ अध्याय खोल्दै नागढुंगा सुरुङमार्ग!
यसरी चल्यो पैयूँकोटमा काफ्ले पाठो लडाउने चलन...
उपहार दिएर हराएकी उनी!
‘तँ र तेरो जागिर!’
सम्बन्धहरू...
घर, छोरी र श्रीमती सबै एकैचोटि गुमे!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

नारायण वाग्ले
अनुहार फेरेर जाने कि पुरानै अनुहार लिएर जाने चुनावमा? नारायण वाग्ले
अमित ढकाल
प्रदीप गिरि किन भन्थे– यो लोकतन्त्र होइन, गिरोहतन्त्र हो! अमित ढकाल
सञ्जीव पोखरेल
नयाँ राजनीतिक खेलाडीमाथि प्रश्न उठाउने कसले? सञ्जीव पोखरेल
शोभा शर्मा
पुराना दलका ती 'दाजुभाइ', नयाँ दलका यी 'दाजुभाइ' शोभा शर्मा
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

अग्रता शर्मा
यातायात पूर्वाधारमा नयाँ अध्याय खोल्दै नागढुंगा सुरुङमार्ग! अग्रता शर्मा
National life inner
National life inner
देवेन्द्र चिनार
यसरी चल्यो पैयूँकोटमा काफ्ले पाठो लडाउने चलन... देवेन्द्र चिनार
रामदत्त जोशी
उपहार दिएर हराएकी उनी! रामदत्त जोशी
शोबिका गैरे
‘तँ र तेरो जागिर!’ शोबिका गैरे

साहित्यपाटी

सुशील लामा
तिमी कहिले आउँछौ? सुशील लामा
Hardik
Hardik
ध्रुवचन्द्र दवाडी 'मनस्वी'
समयको ऐना! ध्रुवचन्द्र दवाडी 'मनस्वी'
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
मान्छेले गर्न नसकेको काम गर्नू! ढाकामोहन बराल
नरेन्द्रबहादुर बुढा
विचार बिक्न छाडेको समाज! नरेन्द्रबहादुर बुढा

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP