Ncell
Setopati
x
Honda
Setopati
x
Honda
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
आइतबार, चैत १, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

टिकटककी केटी

Nmb
Nmb
गौरव लुइँटेल

गौरव लुइँटेल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

बिहानको सात बजिसकेको थियो। निन्द्राले छोडिसके ता पनि जाडोमा उठ्ने जाँगर चलेको थिएन। सधैं छिट्टै उठ्ने मेरी श्रीमती पनि अर्को खाटमा निदाइरहेकी थिइन्।

दोस्रो नानी जन्मेपछि ठूलो पलङ पनि साँघुरो भएकाले म त्यही कोठाको अर्को खाटमा सुत्न थालेको थिएँ। 

जाडोमा सिरकभित्रै मुन्टो लुकाएर मोबाइलको स्क्रिन 'स्क्रोल' गर्दै थिएँ। तर बेलाबेलामा आफ्नै स्वासको बाफले स्क्रिनमा तुवाँलो लागिरहन्थ्यो।

तुवाँलो पन्छाउने क्रममा मेरो फेसबुकको भित्तामा आइलागेको एउटा टिकटक भिडिओ आफैं खुल्न गएछ। 

सामाजिक सञ्जालको सक्रिय प्रयोगकर्ता भएता पनि टिकटक भने कत्ति मन पर्दैन मलाई। सर्जकहरूको गीत आफैंले गाएको जस्तो गरी मुख चलाउने प्रवृत्तिमा मेरो अरूची हुनुपर्छ सायद। तर त्यस दिन हठात् खुलेको त्यो टिकटकमा केही समय मेरा नजर परे। 

उनी वास्तवमा एक आर्टिस्ट हुन्। क्यान्भासमा निकै सिर्जनशील चित्र कोरिरहने त्यो हातले आज किन हो कृत्रिम टिकटक बनाएछ। सायद उनले पोस्ट गरेका चित्रहरूमा लाइक्स/कमेन्टको गिन्ती कम भएकाले "अटेन्सन" खोज्दै टिकटकतिर डेरा सरिछन् भन्ने लाग्यो। 

उनको 'पोस्ट'मा खासै कमेन्ट नगरे पनि म उनको चित्रकारिताको 'साइलेन्ट फलोअर' हुँ।

निकै 'बोल्ड' लाग्छ मलाई उनको कुचीको करामत। पुरूष प्रवृत्तिप्रति आक्रमक उनको प्रस्तुती कुनै 'अल्ट्राफेमिनिस्ट'भन्दा कम थिएन। त्यो आक्रमण मेरोजस्तै पुरूषत्वमाथि लक्षित भएता पनि म उनको कलाको सानोतिनो फ्यान नै हुँ। त्यसैले होला उनी जस्ती 'क्रियटिभ' केटीले टिकटक बनाएको साह्रै मन परेन। 

प्रतिक्रिया दिन कमेन्ट बक्समा टाइप गरेँ। तर उनको राम्रो 'पोस्ट'मा लाइक थिच्न कञ्जुस्याईं गर्ने मेरो 'म'लाई उक्त चिजमा 'पब्लिक्ली' नकारात्मक प्रतिक्रिया दिन उचित लागेन।

Ncell
Ncell

टाइप गरिसकेको कमेन्ट डिलिट गरेँ। मन अझै शान्त भएन। इनबक्समा मेसेज पठाएँ, ‘तपाईंजस्तो क्रियटिभ मान्छेले यस्तो कृत्रिम टिकटक बनाएको सुहाएन है।’

रिसाउलिन् कि भनेर जिब्रो निकालेको 'इमोटिकन' सहित मेसेज सेन्ट भयो। 

त्यो मेसेज केही समय 'सिन' भयो। जिब्रो निकालेको 'ईमोटिकन'लाई नि केटीले सिरियस्ली लिइछे, अब ब्लक नै हान्छे कि भनेर सोच्दै थिएँ। तर केही क्षणपछि रिप्लाई आयो, ‘कति सिरियस जिन्दगी मात्रै बाँच्नु त नि? कहिलेकाहीँ रमाइलो नि गर्न मन लाग्छ। त्यति अधिकार नि हुँदैन हामीलाई?’ 

छोरीलाई झोलुङ्गोमा सुताएर मलाई हल्लाउन लगाउँदै मेरी श्रीमती उठेर भातभान्सामा लागिसकेकी थिइन्।

छोरी हेर्ने निहुँमा 'टिकटक'की केटीसँग एकछिन च्याट गर्ने बहाना मिल्दैथियो।

च्याटको गफ लम्ब्याउन मैले प्रसंग बदलेँ, ‘तपाईं आफ्नो चित्रकारितामा पुरूषहरूप्रति किन यति धेरै आक्रामक ?’ उतापट्टि मेसेज टाइपिङ हुँदैगरेको संकेत मिल्यो। म प्रतिक्षारत थिएँ। 

‘नारी-पुरूष प्रकृतिको सिर्जना हो। मेरो कुचीले कुनै पुरूषको विरोध गर्दैन। तर नारीलाई तुच्छ सम्झिने कथित पुरूषत्वलाई भने मेरो कुचीले बाँकी राख्दैन’, उनको दार्शनिक मेसेज प्राप्त भयो।

उनको दर्शनलाई उडाउँदै मैले प्रतिक्रिया दिएँ, ‘यस्तो तालले त यो जुनिमा तपाईंको बिहे हुँदैन होला है।’

केही क्षण मेसेज फेरि 'सिन' भयो।

उनलाई मेरो पुरूषत्वले धेरै भाउ दिन मन लगाएन। केही क्षणपछि पुनः मेसेज प्राप्त भयो, ‘मसँग विवाहको एक महिने अनुभव छ नि!’ 

पहेलीजस्तो उनको 'रिप्लाई'ले यस पटक मलाई सोचमग्न बनायो। अनि उनले यसअघि बनाएका चित्रहरू सम्झिएँ।

सायद उनी आफैंमाथि कोरिएका थिए ती चित्र।

जिज्ञासु हुँदै मैले उनको विगत कोट्याउने प्रयास गरेँ। उनी खुल्न पनि तयार थिइन्। तर झोलुङ्गोकी छोरीले आमा खोज्दै रून थालेकीले च्याटमा थप गफिने वातावरण बनेन। तसर्थ, भेटेरै कफी गफमा बाँकी कुरा गर्ने सहमति भयो।

***

एउटा ब्लग भर्खर सुरू गरेको थिएँ। ब्लग बनाउन जति सजिलो, 'कन्टेन्ट क्रियट' गर्न त्यति नै गाह्रो। ब्लगको लागि कन्टेन्ट मिल्ने आशामा 'टिकटक'की केटीसँग कफी गफ गर्न म लालायित थिएँ। उनकै आर्ट ग्यालरी नजिकैको कफी सपमा भेट्ने प्लान बनेको थियो। श्रीमतीसँग अरू कुरा ढाट्न सकिएला, तर परस्त्रीको मामिला लुकाइयो भने प्रत्युत्पादक हुन्छ, घर बिग्रिन्छ भन्ने मलाई लाग्छ। त्यसैले घरबाट हिँड्नुअघि मैले उनीलाई टिकटककी केटीसँगको प्लान सुनाएको थिएँ।

कफी गफ गर्दै जाँदा मामला 'डिनर डेट'सम्म पुगेको खण्डमा लज्जित हुनु नपरोस् भनेर एक हजार रुपैयाँ सापटी पनि उनले दिएकी थिइन्। मप्रति उनको त्यही अपार विश्वासक‌ै कारण मेरो ‘पुरूषत्व’ले पनि आजसम्म त्यो विश्वासमाथि कुठाराघात गर्ने हिम्मत नगरेको हुनुपर्छ। 

आर्ट ग्यालेरीको गेटमा पुगेपछि मैले 'टिकटक'की केटीलाई मेसेज गरेर आइपुगेको जानकारी गराएँ।

केही मिनेटमात्रै कुराएर टक् टक् हिल बजाउँदै उनी बाहिर आइन्। सर्लक्क परेको खिरिलो शरीर, गाला अलि गढेको ख्याउटे अनुहार, हलुका मेकअपमा उनी जबर्जस्त् बलेकी थिइन्। टिकटकको फिल्टर प्रयोग नगरिएको उनको 'बोल्ड' रूप मोबाइलको स्क्रिनभन्दा बाहिरको दुनियाँमा म पहिलोपटक देख्दै थिएँ। 

केही औपचारिक संवाद गर्दै नजिकैको खुला कफी सपमा पस्यौं। काउन्टरमा दुई कप 'क्यापचिनो' अर्डर गरेर एउटा खाली बेन्चीलाई हाम्रो आधारक्षेत्र बनायौं।

कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको डरले भन्दा पनि अरू नै कारणले बेन्चको एक छेउमा म र अर्को छेउमा उनी बसेर सामाजिक दूरी कायम गरियो।

केही क्षणको मौनतालाई मैले नै तोडेँ, ‘अनि भन्नुस्, एक महिने विवाहको अनुभव कसरी लिनुभयो त?’ क्रमभङ्ग भएको च्याटिङ गफको शिलशिलालाई जोड्ने प्रयत्न थियो त्यो। 

रहस्यमय हाँसोको फोहोरा छोड्दै उनी गम्भीर बनिन्।

विगतलाई त्यति सम्झिने रहर नहुँदो हो। तर त्यही विगतको कुरा सुनाउन त्यो 'कफी मिटिङ' रचिएकाले उनीसँग नबोल्ने छुट थिएन। उनले आफ्नो कहानी सुनाउन सुरू गरिन्।

***

गाउँको स्कुलमा पढाइ राम्रै थियो। चित्रकलामा मात्रै हैन, म पढाइमा पनि अब्बल थिएँ। गाउँका ठूलाबडाका छोराहरूलाई पछि पार्दै म एउटी साधारण केटी कक्षामा सधैं प्रथम हुन्थेँ।

गाउँमा मेरा प्रतिस्पर्धी नै कोही नभएपछि मनमा एक किसिमको अहमता पैदा भएको हुँदो हो। अब मेरो प्रतिस्पर्धा काठमाडौंसँग मात्रै हुन्छ भनेर आठ कक्षा पढ्दापढ्दै दाजुभाउजुसँग डेरामा बस्नेगरी राजधानी आएँ। 

दाजुले दस कक्षासम्म जसोतसो पढाउनुभयो। फर्स्ट डिभिजनमा एस्एलसी पास त भएँ तर त्योभन्दा माथि पढाउने दाजुको क्षमता नभएको बुझेर मैले नि आयआर्जनको बाटो खोज्न थालेँ।

आकाशे पुलमा बेलुकी सामान बेच्ने, बिहान कलेज जाने, दिउँसो चित्र बनाउने मेरो नयाँ दैनिकी बन्यो। अलिअलि कमाइ हुन थालेपछि दाजुभाउजुसँग छुट्टिएर एक्लै कोठा लिएर बस्न थालेँ।

पढाइसँगै व्यापार पनि राम्रै थियो। तर एकदिन कक्षाका साथीहरूले मैले त्यसरी बाटोमा सामान बेचिरहेको देखेछन्।

'चोरेर पो खानु हुन्न, काम गरेर खान केको लाज?' भन्ने मेरो सिद्धान्तलाई त्यसदिनपछि कलेजमा उनीहरूको फेरिएको व्यवहारले गिज्याउन थाल्यो। अनि फुटपाथको व्यापार छाडेर एकजना माडेको इलेक्ट्रोनिक पसलमा जागिर खान थालेँ।

सुरूमा काम रिसेप्सनको गर्ने भनेर नियुक्ति दिएता पनि सामान प्याकिङदेखि सानोतिनो मर्मतसम्म गरियो। तर काम अनुसार तलब नदिएकाले कोठा भाडा तिर्न मात्रै ठिक्क हुन्थ्यो। यस्तो लाग्थ्यो मैले घरबेटीको लागि जागिर खाइरहेको थिएँ। जागिरले मेरो उन्नतिभन्दा बढी दुर्गति हुन थालेपछि त्यो पनि छोडिदिएँ।

तर कलेजमा तिर्ने फीको जोहो गर्न केही उपाय लाउनैपर्‍यो। जानेको सीप त्यही चित्रकला थियो। त्यसदिनसम्म "हबी"को रूपमा मात्रै चित्र बनाउँथें।

एक जनाले आफ्नो चित्र बनाएबापत एक हजार रुपैयाँ दिएपछि यो कलाले कमाइ पनि हुँदोरहेछ भन्ने लाग्यो। थप अरू पोट्रेटहरू बिक्री भए। तर काठमाडौंको महङ्गीमा हातमुख जोड्न त्यो कमाइ पर्याप्त नभएपछि अरू विकल्पहरूको पनि खोजी गरेँ। काम खोज्दै घर बनाउने ठेकेदारकोमा पनि पुगेँ। शिरदेखि पाउसम्म हेरेर क्यान्भासमा कुची चलाउने मेरा हातहरूले सिमेन्ट खेलाउन सक्ने कुरामा उसले शङ्का व्यक्त गर्‍यो।

‘कफी रेडी छ, लिन आउनुस्,’ कफी सपको काउन्टरवालाले उनको कहानीमा ब्रेक लगायो।

कुरालाई त्यही रोकेर कफी लिन उनी आफैं गइन्।

एकछिनपछि गुजुजु फिज टिलपिल भरिएको कागजको कपमा कफी लिएर उनी आइन्।

यस्तो लाग्थ्यो, काठमाडौंमा संघर्ष गर्दा उनले वेटर कामको पनि राम्रो अनुभव लिइसकेकी थिइन्।

एउटा कप मलाई लिन लगाएर उनले अर्को कप ट्रेमा त्यसै राखिन्। जाडोमा कफी सेलाउला भनेर मैले कफी सुरूप्प पार्न थालेँ।

उनले पनि ट्रेबाट कप उठाइन् तर त्यो कपले उनको ओठसम्म पुग्ने सौभाग्य प्राप्त गरेन।

म देख्दै थिएँ उनको हात अलिअलि काँप्न खोज्दै थियो। तर जाडोले हैन, विस्मृत भइसकेको उनको पुरानो यादले। कफी त्यसै सेलाउन दिएर उनी मुख्य मुद्दामा आइन्।

सोही क्रममा मेरो भेट उसँग भयो। काठमाडौंको नाम चलेको आर्ट ग्यालेरीमा काम गर्दो रहेछ। खै कताबाट हो, मेरो चित्रकारिताबारे थाहा पाएछ।

कलेजको फी नतिरेर बाहिरिनु पर्ने अवस्था भएको बेला उसले मेरा केही आर्ट राम्रै दाममा किनेर मलाई बिर्सिनसक्नुको गुन लगायो।

उनी पनि आर्टिस्ट भएको हुनाले मेरो बौद्धिक श्रमको राम्रो मूल्याङ्कन गरिदिएकोमा म आभारी भएँ।

मेरो लागि उनको आर्ट ग्यालेरीमा 'सोलो आर्ट एग्जिविशन' गर्ने प्रस्ताव राखेको दिन म रातभरि सुत्न सकेको थिइनँ। उनको सहयोगमा मैले बिस्तारै अलिअलि नाम र दाम दुवै कमाउन थालेँ।

उसँग भेट भएको केही महिनामात्रै हुँदै थियो। एकदिन अकस्मात उनले मलाई विवाहको प्रस्ताव राख्यो। म अक्क न वक्क परेँ।

उसँग प्रेमको अनुभव गर्नुभन्दा अघि नै आएको त्यो विवाहको प्रस्ताव कसरी स्वीकार गर्नु जस्तो भयो।

मेरा दाजुभाउजु पनि हुनुहुन्छ, उहाँहरूले के भन्नु होला भनेर विवाहको प्रस्ताव टार्न खोजेँ। तर ऊ टार्ने पक्षमा थिएन। परिवार र केही नातागोता लिएर अर्को दिन मलाई माग्न दाजुको डेरामा पुग्यो।

ऊ आफैं एक आर्टिस्ट भएकाले विवाहपछि पनि मेरो चित्रकारितालाई प्रोफेसनको रूपमा अघि बढाउन कुनै बाधा नपर्ने 'क्लु' पाएपछि म पनि विवाहको लागि राजी भएँ।

सानो 'ग्यादरिङ' गरेर उसले मेरो सिउँदोमा सिन्दुर हाल्ने समारोह आयोजना भयो।

त्यो एक धर्को सिन्दुरले मलाई सशरीर उसको बनायो। 

जिन्दगी भन्ने चिज पनि कस्तो रहेछ भने नि, आफूले बनाएको प्लानमा भन्दा भावीले बनाएको प्लानमा हिँड्नुपर्ने रहेछ। जे भोगिन्छ, त्यही नै रहेछ जिन्दगी।

नयाँ घरमा एक महिनासम्म सबै चिज राम्रै चल्यो।

एक दिन एउटा 'पोट्रेट' फाइनल गरेर म पलङमा पल्टिरहेको थिएँ। दराजमुनि लुकाएर राखेको एउटा बाकसमा मेरो आँखा पर्‍यो। के रहेछ भनेर मैले बाकस खोलेर हेर्दा केही तस्बिर थिए। उसँग एक जना विवाहित महिला र सानो बच्चा थियो। सुरूमा त कोही दिदीबहिनी र भान्जा होला भन्ने लाग्यो। तर किन यसरी लुकाएर राखेको होला भन्ने जिज्ञासा मनमा रहिरह्यो।

ऊ साँझ घर आएपछि केही क्षण फ्रेस हुन दिएँ। अनि दिउँसो भेटिएको फोटो देखाउँदै नम्रतापूर्वक कसको फोटो हो भनेर सोधेँ।

ऊ एकछिन कालोनीलो भयो। त्यसपछि एक न एक दिन सबै कुरा खोल्नै पर्छ भनेर त्यो महिला उसको पहिलो श्रीमती हो भन्ने कुरा खुल्यो। डिभोर्स त भएको छैन तर उनी कहिले नफर्किने गरी छोरो लिएर माइती गएकी जानकारी उसले गरायो। 

रातको त्यस्तै नौ बज्दै गरेको हुँदो हो। लोग्ने मान्छेहरू सम्बन्धलाई कति सस्तो ठान्दारहेछन्। त्यही कुरा मलाई विवाहअघि किन नभनेको त? मेरो मनभित्र ज्वालामुखी विस्फोट हुन खोजिरहेको थियो। तर व्यक्त गर्ने कुनै शब्द थिएन मसँग। म केही बोलिनँ।

मेरो त्यो मौनतालाई स्वीकृतिको रूपमा उसले लिएछ। तर मलाई त्यही रात उसलाई छोडेर हिँड्न मन लागेको थियो। के कारणले उसकी पहिलो श्रीमतीले उसलाई छोडेर गइन्? अनि उसँग मेरो चाहिँ दाम्पत्य जीवन कसरी सुखद् होला? अरू के के कुराहरू होला यो मानिसले मलाई ढाँटिरहेको? मनमा अनेकौं प्रश्नहरू उब्जेका थिए। एक धर्को सिन्दुरमा अडिएको त्यो सम्बन्ध साह्रै फिका लाग्न थाल्यो। 

केही अभिव्यक्ति नदिई जसोतसो त्यही घरमा त्यो रात कटाएँ। बिहान भएपछि सबेरै उठेर धेरै केही नबोली उनलाई मैले पनि छोडेको जानकारी गराउँदै आफ्नो सामान लिएर उसको घरबाट निस्किएँ। 'एक्ली केटी अन्त कहाँ जाली र, भरे फर्किहाल्छे नि' भन्ने सोचेर होला उसले मलाई रोक्ने प्रयत्न गरेन। तर उसँग नफर्किने मेरो निर्णय दृढ थियो। त्यही दिन मैले मेरो सिउँदोको त्यो सस्तो सिन्दुर पुछेर एक महिने विवाहित जीवनको अनुभवलाई पूर्णविराम लगाएँ। 

***

कफी सपमा मानिसहरू आउनेजाने क्रम चलिरहेको थियो। उनी केही क्षण मौन रहिन्। मैले कप रित्याइसक्दा उनको कपमा कफी अझै टिलपिल नै थियो।

मौनता तोड्दै मैले भनेँ, ‘कफी चिसो भयो नि, मिस्।’

उनले चिसो कफी सुरूप्प पार्दै पर सडकतिर आँखा दौडाइन्। त्यही मेसोमा मैले उनलाई नियालेर हेरेँ। बोल्ड आवरणभित्र उनको संवेदनशील मन प्रस्ट देखिन्थ्यो।

उनको कलामा अल्ट्राफेमिनिजम र कठोरता देखिएता पनि भित्री हृदय कोमलताले भरिपूर्ण थियो। विषय मोड्दै मैले सोधेँ, ‘भनेपछि अब तपाईं फेरि विवाहित नहुने?’

‘रहर त जिन्दगीभर यत्तिकै सिंगल बस्ने छ नि,’ कफीको कप पुनः एकपटक उनको ओठसम्म पुग्न खोज्दै थियो, बीचैमा उनी बोलिन्, ‘तर मजस्तो छु, त्यस्तै स्वीकार गर्ने आँट कसैले गर्छ भने 'नो' भन्दिनँ।’ लामो समय सिरियस रहेको वातावरण एकाएक हाँसोमय बन्यो।

मैले नि शुभकामना दिएँ, ‘टिकटकतिर चाँडै भेटियोस् त्यस्तो आँटिलो मान्छे।’ उनी खित्का छोडेर हाँसिन्।

साँझ पर्न लागिसकेको थियो। कफी सपमा भिडभाड अझै कम भएको थिएन।

उनले चिसो कफीको अन्तिम घुट्की लिएपछि कफी सपको त्यो बेन्ची छोड्ने बेला भयो।

कफीको पैसा तिर्न म अघि सर्न खोजेँ। तर उनले सुरूमै 'पेमेन्ट' गरिसकेकी रहिछिन्। सायद मेरो 'पुरूषत्व'प्रति अनुग्रहित हुन उनी चाहँदैन थिइन्।

उनले मलाई घर नजिकको चोकसम्म स्कुटरमा लिफ्ट दिइन्। खाना खान आज हाम्रो घर जाउँ भन्ने मन थियो। घरमा श्रीमतीसँग उनको परिचय गराउने साहस त थियो तर पहिलो भेटमै उनीसँग त्यत्रो प्रस्ताव राख्ने हिम्मत जुटाउन सकिनँ।

घर पुग्दा मन प्रसन्न थियो। ब्लगको लागि दामी कन्टेन्ट भेटिएकोमा म आफैं पुलकित थिएँ। श्रीमतीले मेरो त्यो प्रफूल्लता पछाडिको कारण बुझ्न खोज्दै सोधिन्, ‘टिकटककी केटीसँग राम्रै डेटिङ भएजस्तो छ नि?’ मैले नि मुसुक्क हाँस्दै जवाफ दिएँ, ‘चिन्ता नगर, त्यस्तो केही पनि भएन।’

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १७:२६
सिफारिस
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्य छ- सिएनआई उपाध्यक्ष ढकाल
नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्य छ- सिएनआई उपाध्यक्ष ढकाल
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

एक्लोपन: साइबर अपराधीको ब्रह्मास्त्र!
यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!
मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP