Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
मंगलबार, फागुन २६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

फूलचोकी कलिङ!

Nmb
Nmb
रामदेवी महर्जन

रामदेवी महर्जन

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

काफल भन्ने बित्तिकै सबैको मुख रसाउँछ। आहा! रातो पाकेका काफल। अझ बोटमै आफैंले टिपेर खाँदै पदयात्रा हिँड्न पाउँदा कति रमाउँछन्। नरमाओस् पनि कसरी, प्रकृतीकै काखमा पाकेका रसिला फलहरू खाँदै हिँड्न पाउँदा। यस्तै काफल पदमार्गमा पुगेका थियौं हामी गोदावरीदेखि देउराली, लामीडाँडा हुँदै फूलचोकीसम्मको पदमार्गमा। बाटोभरि काफल खाँदै पुगेका थियौं फूलचोकी टप।

सिरसिर चलेको चिसो हावा। हावाले फर्फराइरहेका रंगीन लुङ्दारहरू। अग्लो टावर। नजिकै देवीको राताम्मे मूर्ति। देवीसँगै महादेव, पार्वती र गणेशका मूर्ति। साथमा घण्ट र त्रिशूलहरू। 

काठमाडौंंमा हपक्कै गर्मी बढ्दा पनि शितल अनि शान्त छिन् फूलचोकी। चारैतिरबाट काठमाडौंं उपत्यकालाई पहरा दिइरहेका डाँडाहरूमध्ये सबैभन्दा अग्लो डाँडा ‘फूलचोकी’ (२,८०० मिटर)। जंगलको हरियालीमा मुस्कुराइरहेको फूलचोकीको थाप्लोमा खुला आकाशमुनि बसेकी छिन् फूलचोकी देवी। साथमा बसेका छन् महादेव परिवार।  

मन्दिर हातामा चैत्य पनि छ,। त्यसैले फूलचोकी हिन्दु र बौद्धमार्गीको साझा तीर्थ बनेको छ।  

पौराणिक भनाइअनुसार देवीका चार दिदीबहिनीहरू जसमा शिवपुरी (२,७४५ मिटर), चम्पादेवी (२,३०० मिटर) र जामाचो (२,१०० मिटर) हुन्। उचाइका हिसाबले समेत सबैभन्दा अग्लो डाँडामा बसेकी फूलचोकी सबैकी दिदी।  

डाँडाबाट चारैतिर सुन्दर दृश्य देखिन्छ। आकाश खुलेका बेला पश्चिमदेखि उत्तरपूर्वसम्म १८० डिग्रीमा अन्नपूर्णदेखि लाङटाङ हुँदै सगरमाथासम्मको लामो लस्कर देखिन्छ। दक्षिणमा हरिया महाभारत श्रृंखला र तराईका दृश्य देखिन्छन् भने उत्तरमा उपत्यकाको मनरोम दृष्य।

Premier
Premier

त्यसैगरी यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि मनमोहक देखिन्छ। उचाइमा बसेकाले फूलचोकीमा सधैं शितल हुन्छ। हरियाली जंगलको बीचमा रहेकी फूलचोकी अहिले पदयात्रीलाई काठमाडौं उपत्यका नियाल्ने, हिमाली दृष्यावलोकन गर्दै गर्मी छल्ने उपयुक्त गन्तव्य हो। 

प्रकृतिको अनुपम वरदान हो–फूलचोकी। यहाँको मौसम पनि विचित्रकै हुन्छ। छिनमै कालो बादलले ढाक्छ, छिनमै बादल फाटेर घाम लाग्छ। मनसुनमा त भुइँकुहिरोमा लुकामारी खेल्छिन्। आकाशै ढाकिने गरी तलबाट उडेर आउने भुइँकुहिरोले ढपक्कै ढाक्दा तलतिर सेतो बादलुको तलाउ देखिन्छ। 

Ncell
Ncell

धार्मिक हिसाबले फूलचोकीमा वर्षका दुई पटक चैते पूर्णिमा र वैशाख १ गते मेला लाग्छ। धार्मिक मेलामा मात्र होइन, अरू बेलामा पनि पदयात्रीको घुइँचो लाग्छ।

पुस माघमा हिउँ पर्दा काठमाडौंंका युवायुवती हिउँ खेल्न आइपुग्छन्। हिमाल खुल्दा हिमाल हेर्न। फागुन–चैतमा वनैभरी ढकमक्क गुराँस फुल्छन्। गुराँसको वैंश फुल्दा रातो पछ्यौरी लगाएर सिंगारिएकी दुलही जस्ती देखिन्छन फूलचोकी। वैशाख–जेठमा भने बाटैभरी ऐंसेलु र काफल पाक्छ। प्रकृतिको काखमा पाकेका फल खाँदै हिँड्दा यात्रा यादगार र रोमान्चक बनिदिन्छ। 

फूलचोकी जंगली जनावर, विभिन्न किसिमका जडीबुटी, बोटबिरूवा र चरा अध्ययनका लागि समेत आकर्षक गन्तव्य हो। फूलचोकी जंगल क्षेत्रमा हरपल चराको चिरबिर सुनिन्छ। अध्ययनअनुसार यहाँ ३६० प्रजातिका चरा पाइन्छन्। रंगविरंगका चराको आनीबानी अवलोकन गर्दा वा तिनलाई सुन्दा आनन्द अनुभूति हुन्छ। 

त्यसैगरी पदयात्रामा मृग, चितुवा, खरायोजस्ता जंगली जनावरसँग जम्काभेट हुन सक्छ। त्यसैले एक्लै होइन समूहमा यात्रा गर्दा सजिलो हुन्छ। एक्लै हिँड्दा ध्यान दिएर हिँड्ने। 

डाँडामा रहेको टावरको सुरक्षार्थ त्यहाँ नेपाली सेनाको गण बसेको छ।

टावरबाट नेपाल टेलिकम, नेपाल टेलिभिजन र हवाई जहाजलाई सिग्नल दिइन्छ। त्यसबाहेक डाँडामा अरू बस्ती छैन। त्यसैगरी मन्दिर नजिकै सानो चमेना गृहबाहेक अरू खाना र बासका लागि होटल, लज तथा रेष्टुराँ सुविधा छैन। त्यसैले पदयात्रामा आवश्यक खानेकुरा आफैं बोकेर यात्रा गर्नुपर्छ। 

यही कुरालाई मनन गरेर अहिले मन्दिर समिति ‘फूलचोकी संरक्षण सुधार तथा सेवा समितीले यही जेठ महिनाभित्र मन्दिर परिसरमा तीर्थारु र पदयात्रीहरूलाई खाजाघरसहितको ओत लाग्ने भवन बनाउन सुरू गरेको छ।

यही जेठ महिनाभित्र सबै काम सकाउने समितिका सचिव रामप्रसाद बराल बताउँछन्। खाजाघर र भवन बनेपछि भने सबैलाई सजिलो हुनेछ।

फूलचोकी यात्रा यादगार बन्छ। डाँडासम्मै सडक पुगेको छ। जिप, बाइक, ट्याक्सी र साइकलमा डाँडासम्मै जान सकिन्छ। गोदावरीबाट फूलचोकी सडकैसडक १३ किलोमिटर पर्छ। फूलचोकी पदयात्रा भने धेरैतिरबाट गर्न सकिन्छ। हामी ३ जना भने प्रकृति प्रेमी समूहको दोस्रो शनिबारको हाइकिङ रेकीका लागि सातदोबाटोबाट गोदावरी हुँदै सडकैसडक फूलचोकी टप पुग्यौं।

त्यहाँ केहीबेर अवलोकन गरेर हामी बाघ बघिनसम्म २ किलोमिटर त्यही सडकबाट झर्‍यौं। र, त्यहाँबाट केहीबेर तल झरेपछि बायाँ जंगलको गोरेटो लाग्यौं। जंगल बीचमा ढुङ्गा छापिएको बाटो छ। शितल र शान्त छ। सन् २०११ म घुमफिर वर्षका अवसरमा बनाइएको पदमार्ग। यो पदमार्ग फूलचोकीदेखि लेले सरस्वती कुण्डसम्म बनाइएको छ। 

हामी त्यही ठाडो ओरालो हुँदै लामीडाँडा (२,३०० मिटर) मा पुग्यौं। लामीडाँडाबाट बायाँ ओरालो लागे भारदेउ पुगिन्छ। हामी दायाँ ढुंगा छापिएकै ओरालो हुुँदै देउराली (१८०० मिटर) मा पुग्यौं। लामीडाँडाबाट देउरालीसम्मको ओरालो बाटो भने निकै रोमाञ्चक बन्यो। बाटैभरी काफलका बोट छन्। झपक्क फलेका राता काफल। तर काफलका रूख भने अग्ला। होमराज भाइले रूखमै चढेर काफल टिप्नुभयो। हामी एकछिन त्यहीँ बसेर काफल खायौं, काफलमा रमायौं। पदयात्रा गर्दा यसरी नै प्रकृतिको काखमा फलेका मौसमअनुसारका फल खान पाइन्छ। 

देउरालीमा दुई बाटा छन्। देउरालीबाट बायाँ ढुङ्गा ओछ्याइएको सिँढी ओरालो झरे लेले सरस्वतीकुण्ड पुगिन्छ। हामी सिधा दायाँ ओरालो हुँदै गोदावरीतिर ओर्लियौं। बाटैभरी काफल फलेका, हरियो जंगलमा हिँड्दा शरीर र मन हल्का हुने। हामीले बाटोमा लालीगुराँस पनि भेट्यौं।  

यो पदमार्गलाई गोदावरी जंगलबाट पनि सुरू गर्न सकिन्छ। गोदावरीको नौधाराबाट तीन किलोमिटर माथिसम्म गाडीमा जाने। र, त्यहाँबाट दाहिनेतिर जंगल बीचमा भएको पदमार्गबाट हिँड्ने त्यहाँबाट ठाडो उकालो चढेर देउराली, लामीडाँडा हुँदै फूलचोकी पुग्ने र झर्दा मूलबाटो हुँदै नौधारासम्म झर्ने, अथवा फूलचोकीबाटै गाडीमा फर्कन सकिन्छ। 

यसरी हाइकिङ गर्दा ९ किलोमिटरमा फूलचोकी टप पुगिन्छ। पूरै बाटो ठाडै उकालो भएकाले पदयात्रा साहसिक छ। 

हरियाली जंगलको छहारी भएको हुनाले यो पदमार्ग गर्मी मौसमको लागि उपयुक्त छ। तर बर्खामा भने जुका लाग्ने र पानी परेर बाटो चिप्लो हुने भएकाले यो पदमार्गमा हिँड्न कठिन हुन्छ। पानी पर्ने मौसममा भने मोटर बाटो हिड्नु उपयुक्त हुन्छ। जंगलको विचमा भएको हुनाले मोटर बाटो पनि सितल छ। तसर्थ फूलचोकी पदयात्रा बाह्रै महिना गर्न सकिन्छ।

गोदावरी जंगलबाट देउराली हुँदै लामीडाँडासम्मको यो पदमार्गलाई ‘काफल हाइकिङ’ भन्न सकिन्छ। बाटैभरी काफलमा रमाउँदै हिँड्न सकिन्छ। ध्यान दिनुपर्ने कुरा, पाकेको कालो देखिने काफलले लाभ गर्छ। नपाकेका हरिया, काँचा काफल अमिला हुन्छन्। हिँड्दा अमिलो नपाकेको काफल खानाले अम्लियतता बढेर टाउको दुख्ने, रिंगटा लाग्ने र बान्ता समेत हुने हुन्छ। तसर्थ पाकेको कालो काफल मात्र खाने। 

अर्को कुरा, होस् गरेर काफल टिप्नु पर्छ। लडिएला ख्याल गर्नु पर्छ। रुखका हाँगाबिँगा भाँँच्ने वा क्षति पुर्‍याउने काम भने गर्नुहुँदैन है !  

यतिबेला फूलचोकी पदमार्गको देउराली क्षेत्रमा काफल पाकिसकेको छ। ठाडो उकालोका पसिना चुहाउँदै काफलमा रमाउँदै फूलचोकी पदयात्रा गर्ने हो कि?।।।

कसरी पुग्ने?
लगनखेलबाट गोदावरीसम्म १२ किलोमिटर। गोदावरीबाट नौधारा हुँदै ३ किलोमिटर माथिसम्म गाडीमा। त्यहाँबाट पदयात्रा सुरू गर्ने। पदयात्रा गोदावरीको दायाँ जंगल, देउराली, लामीडाँडा, बाघबघिनी हुँदै फूलचोकी टप पुग्ने। त्यहाँबाट फूलचोकी हाफसम्म पदयात्रा। गोदावरी जंगल–देउराली १.५ कि.मि., देउराली–लामीडाँडा २.५ कि.मि, लामीडाँडा–बाघबघिनी ३ कि.मि, बाघबघिनी–फूलचोकी २ कि.मि., फूलचोकीदेखि फूलचोकी हाफ ६ कि. मि.। जम्मा पदयात्रा दूरी १५ कि. मि.। समय उकालो चढ्न ४ घण्टा र झर्न २ देखि तीन घण्टा। 

थप रुटहरुः

चापखर्क–फूलचोकी

बस मार्गः लगनखेलबाट गोदावरी हुदै गोदावरी कुण्डसम्म १३ किमी।

पदमार्गः कुण्ड घुमेर पिकनिक स्पट हुदै चापाखर्क पुग्ने र खर्कबाट मुल बाटो हुदै फूलचोकी टप पुग्ने। टपबाट गोरेटो ओरालो झरेर नौैधारा पुग्ने। कुण्ड– चापाखर्क ४ किमी उकालो, खर्क–फूलचोकी टप ६ किमी तेस्र्रो मोटरेबल उकालो, फूलचोकी टप–नौधारा ८ किमी ठाडो गोरेटो ओरालो। मनसुनमा भने मोटरेबल ओरालो नै झर्ने। चापाखर्कमा नास्ता पसल छ।

पदयात्रा दुरीः १८ किमी।

समयः उकालो चढ्न ३ देखि ४ घण्टा, झर्न ३ घण्टा। 

लेले मनकामना मन्दिर–फूलचोकी टप
बस मार्गः लगनखेलबाट लेले हुदै मनकामना मन्दिर सम्म गाडीमा १८ किमी।

पदमार्गः मनकामना दर्शन गरेर ढुङ्गा ओछ्याईएको ठाडो, देउराली, लामीडाडा हुँदै फूलचोकी टप र टप बाट फूलचोकी हाफ अथवा टपबाटै गाडीमा फर्कन सकिन्छ।

पदयात्रा दुरीः करिब १४ किमी।

समयः ६ देखि ७ घण्टा।

भारदेव–फूलचोकी

बस मार्गः लगनखेलबाट लेले हुँदै भारदेव भन्ज्याङसम्म २१ किमी।

पदमार्गः भारदेव भन्ज्याङबाट बायाँ लाग्ने, लामिडाडा हुदै फूलचोकी र फूलचोकीबाट फूलचोकी हाफ अथवा नौधारा सम्म पदयात्रा।

पदयात्रा दुरीः करिब १७ किमी।

समयः ६ दखि ७ घण्टा।

नोटः सबै पदमार्ग ठाडै उकालो र ठाडै ओरालो भएको हुनालो पदयात्रा साहासिक छ। ध्यान दिएर हिड्ने। गाह्रो हुनेगरी, सकिनसकिन नहिड्ने। आप्mनो शरीरको अवस्था र क्षमता हेरेर हिड्ने। धेरै गाह्रो भएमा जति सकिन्छ त्यति हिडेर त्यहिबाट फर्कन सकिन्छ।
आफ्नो स्वास्थ्य आफ्नै हातमा।

फूलचोकीमा सबैलाई स्वागत

रामप्रसाद बराल
सचिव, फूलचोकी संरक्षण तथा सुधार समिति

फूलचोकीमा टाढाटाढाबाट दर्शन गर्न र पदयात्रा गर्न दर्शनार्थी, पदयात्रीहरु आउँछन्। अहिले डाडामा खान र पानी पर्दा ओत लाग्ने स्थान छैन। यहाँ तिर्थालु र पदयात्रीको सेवा र सुविधाका लागि ओत लाग्ने ठाउँ र चिया खाजा खाने पसल व्यवस्था गर्दैछौं। हाल नेपाली सेनाको कम्पाउण्डमा प्रवेश नगरी मन्दिरमा जान सकिँदैन।  हामी सेनाको कम्पाउण्ड प्रवेश नगरी सोझै फूलचोकीको मन्दिर पुग्ने गरी प्रवेशद्धार बनाउँदैछौं। यही जेठ भित्र हामीले यी काम गरिसक्ने छौं। सबैलाई फूलचोकीमा स्वागत छ। 

सावधानी

१.काठमाडौंं उपत्यकाका कडा पदमार्ग मध्येमा पर्दछ फूलचोकी। मोटरेबल सडकैसडक हिँड्दा सजिलो छ तर पदमार्गबाट हिँड्न भने साहस, धैर्य र टेक्निक चाहिन्छ। 

२.उच्च रक्तचाप, मुटुरोग, सुगर जस्ता रोग र तौल बढी भएकाहरूलाई उकालो चढ्दा अप्ठ्यारो हुन्छ। तसर्थ शरीरको क्षमता र शरीरको अवस्था हेरेर पदयात्रा गर्ने।   

३.बाटोको राम्रो जानकारी लिएर मात्रा हिँड्ने, अन्यथा जंगलमा बाटो बिराउन सकिन्छ। 

४.उकालोमा हिँड्दा बिस्तारबिस्तारै हिँड्ने। उकालो चढ्दा मुख खुल्ला हुनेगरी नहिँड्ने। मुख खुल्ला हुने गरी स्वाँस्वाँ भएर हिँडेमा मुटुलाई धपेडी पर्छ। तसर्थ आफ्नो शरीरको क्षमताअनुसार मुख खुल्ला नहुने गरी हिँड्ने।  

५.धेरैजसो ओरालोमा कुद्ने वा हतारहतार हिँड्छन्। ओरालोमा हिँड्दा शरीरको सबै भार घुँडामा पर्छ। तसर्थ घुँडालाई अप्ठ्यारो नहुने गरी लौरोको सहायताले विस्तारै झर्ने। 

६.सामान्यत २२००–२५०० मिटर उचाईमा पुगेपछि अक्सिजनको कमिले लेक लाग्ने संभावना हुन्छ, ठाउँ ठाउँमा आराम गर्दै  पानी पिउँदै हिड्ने। यदि उकालो चढ्दा टाउको दुखेमा, स्वास प्रस्वासमा समस्या भएमा, वाकवाक लागेमा वा गाह्रो भएमा तल झर्ने।

७. पानी अनिवार्य पिएर हिँड्ने। आधा देखि १ घण्टा अन्तरमा पानी पिउदै हिँड्ने। पानीको कमिले शरीरमा पानीको कमी भई खुट्टा पिडुला गल्ने, मासु फर्कने, टाउँको दुख्ने जस्ता समस्या हुन्छ। 

८. प्रिमनसुन सुरु हुन लागेको छ, रेनकोट वा छाता अनिवार्य बोक्ने। टे«किङ लौरो पनि बोक्नै पर्छ। 

९. काफल हाइकिङमा ख्याल गरेर काफल टिप्ने। रुखका हाँगाबिँगा भाँचेर क्षति नपुर्‍याउने।  

१०.पदमार्गमा जंगली जनावरसँग जम्काभेट हुन सक्छ। चराचुरुङ्गी र जनावरलाई बाधा पुग्ने कुनै काम नगर्ने। 

११. आफ्नो समूहको हिँडाइलाई ख्याल गरेर हिँड्ने। एकले अर्कालाई सहयोग गर्दै हिड्ने।

१२. आर्मी ब्यारेक वरपर फोटो खिच्ने वा भिडियो खिच्ने काम नगर्ने। 

१३. होहल्ला नगर्ने। अनुशासित भएर हिँड्ने। सबैलाई सहयोग र सम्मान गर्ने।

१४. उचाईमा चिसो हावा चल्ने र छिनमै मौसम बदली हुने हुनाले चिसो हुन्छ, ज्याकेट एउटा साथमै बोक्ने।

(‘हाइकिङ काठमाडौंं’ पुस्तककी लेखक महर्जन योग तथा उचित, आहार, विहार, विचार प्रशिक्षक हुन्।)

हेर्नुहोस् तस्बिरहरू

रामदेवीका अन्य लेख पढ्न यहाँ जानुहोस्..

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १३:०५
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
कालीगण्डकीमा बग्नबाट बचेको दिन!
भोटको मौसम, भरोसाको खडेरी!
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना!
मेरो एक भोटको दम!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP