नेप्लिज विजनेस एसोसिएसन डेनमार्कको अध्यक्षमा मिलन टी. श्रेष्ठ चयन भएका छन्।
नेप्लिज विजनेस एसोसिएसन डेनमार्कको साधारण सभाले मिलन टी. श्रेष्ठलाई पुनःअध्यक्षमा चयन गरेको हो।
साधारण सभाबाट उपाध्यक्षमा शशी श्रेष्ठ, महासचिवमा किशोर प्रसाईं (निरज) सचिवमा सुवर्ण गौतम कोषाध्यक्षमा बबी क्षेत्री, लेखा निरीक्षकमा नविन राज पौडेल चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा कृष्ण अधिकारी, बुद्धि सापकोटा, सीता विश्वकर्मा, पुनम श्रेष्ठ, प्रकाश विष्ट, प्रकाश श्रेष्ठ, योगेश भट्टराई, सुवास ढुंगाना, सन्जिब साम गिरी र अनु अधिकारी छन्।
कार्यक्रमका वक्ताहरूले नेप्लिज विजनेस एसोसिएसन नेपाली व्यवसायीहरूलाई एकजुट बनाउने साझा मञ्चका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा व्यावसायिक सहकार्य, सूचना आदान–प्रदान, नेटवर्क विस्तार तथा आपसी सहयोगलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याएका थिए।
संस्थाको सफलता सबै सदस्यहरूको सक्रिय सहभागितामा निर्भर रहनेमा समेत जोड दिइएको थियो।
पुनः अध्यक्षमा चयन भएपछि मिलन टी. श्रेष्ठले सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा संस्थालाई अझ व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले नयाँ कार्यसमितिसँग सहकार्य गर्दै नेपाली व्यवसायीहरूको हकहित, एकता र व्यावसायिक प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाए।