नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन्।
समितिको अधिवेशनले दाहालको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
निर्वाचन समितिका संयोजक दधिराज अर्यालका अनुसार अधिवेशनबाट १८ जना पदाधिकारी, १७ जना केन्द्रीय सदस्य र ७ जना महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन भएका छन्।
टोरण्टोको स्कारबोरोमा गत असोज ३ गते शनिबार सम्पन्न अधिवेशनको अध्यक्षता समितिका तत्कालीन सभापति उदय दुराले गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा केन्द्रीय प्रतिनिधि रमेशजंग रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
अधिवेशनमा एनआरएनए आईसीसीका सचिव अभिमन्यु बस्नेत, एनआरएनए क्यानडाका वरिष्ठ उपाध्यक्ष पुण्यसागर मरहठ्ठा, एनसीसीएसका अध्यक्ष बिमलमान बस्नेत, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्यानडाका प्रमुख कुमार उप्रेतीलगायतले मन्तव्य राखेका थिए।
त्यस्तै, विद्याभूषण कार्की, कुशल घिमिरे, उद्दव गौतम तथा निर्वाचन समितिका संयोजक दधिराज अर्यालले पनि अधिवेशनलाई सम्बोधन गरेका थिए।
कार्यक्रममा समितिका संयोजक तथा नवनिर्वाचित सभापति केशव दाहालले धन्यवाद मन्तव्य दिएका थिए भने राजेन्द्र पोख्रेलले स्वागत मन्तव्य राखेका थिए।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएसँगै नेपाली जनसम्पर्क समिति क्यानडाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व प्राप्त गरेको छ।