नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ। केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको पाइएको थियो। ‘पहिलो पटक टेष्ट गर्दा नै कोरोना पोजेटिभ देखिएको थियो । तर, विश्वास नलागेर दोस्रो पटक पनि कोरोना परीक्षण गराएकी थिएँ, दुबै पटक कोरोना पोजेटिभ देखियो’, उनले भनिन्।
कोरोना संक्रमण देखिएपछि उनी घरमा आइसोलेट भएकी छिन् ।