कला, चिया र प्रकृतिको संगम अहिले हामी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा देख्न सक्छौं। कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले चियासँग जोडिएका कलात्मक भाँडाहरू बनाएका छन्। र कला बीचमा हामी विरूवाहरू देख्न सक्छौं जसले कलालाई सुन्दरता थप्ने काम गरेका छन्।
माटोको कलामा दक्ष कलाकारहरू हुन्, कलाप्रेमी। यो प्रदर्शनीमा उनले चियाका कप, कचौरा, कित्ली, फुलदानी लगायत सयौं आकृति बनाएका छन्। उनले यी कलामा आफ्नो अनुभव र भावनालाई चित्रण गरेका छन्। जसरी मान्छेका भावनाहरू समय अनुसार फरक हुन्छन्, कलाका बुट्टाहरू पनि एकअर्काबाट फरक छन्।
यो प्रदर्शनी असार २६ गतेसम्म चल्नेछ।















