बजारमा काउलीको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांकअनुसार काउली स्थानीय र तराई गरी दुई प्रकारको आइरहेकाे छ।
मंगलबार कालीमाटी बजारमा स्थानीय काउली प्रतिकिलो ६५ देखि ७५ रूपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, तराई काउली प्रतिकिलो ५५ देखि ६५ रूपैयाँमा बिक्री भइरहेको छ।
गतसाता मंगलबा स्थानीय काउली प्रतिकिलो थोक मूल्य एक सय देखि एक सय १० रूपैयाँमा बिक्री भइरहेको थियो। त्यस्तै, तराई काउली प्रतिकिलो थोक मूल्य ९० देखि एक सय रूपैयाँमा बिक्री भइरहेको थियो।
आपूर्तिका आधारमा काउलीको मूल्य घटबढ हुन्छ। अहिले बजारमा काउलीको आपूर्ति बढेको व्यवसायीहरू बताउँछन्।
व्यवसायीका अनुसार अहिले काउलीको अफसिजन हो। अफसिजनमा मूख्य गरी पालुङ लगायत अन्य क्षेत्रबाट काउली आउने गरेको छ।
काउलीको मूख्य सिजन कात्तिकदेखि सुरू हुन्छ। त्योबेला भारतीय काउली पनि भित्रन्छन्। सिजनको बेलामा भने काउली अत्यधिक सस्तो हुन्छ।