एमजीको प्रिमियम इलेक्ट्रिक गाडी 'एस सिक्स' सार्वजनिक भएको छ।
एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो प्रिमियम एसयुभी गाडी नेपालमा सार्वजनिक गरेको हो।
७७ किलोवाटको ब्याट्री, मोटरपावर १८० किलोबाट रहेको यस गाडीले एक पटकको फुल चार्जमा ५ सय ३० किलोमिटर रेन्ज दिने पारामाउन्ट मोटर्सका महाप्रवन्धक सुनिल क्षेत्रीले जानकारी दिए।
१ सय ९६ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी नेपाली बाटोका लागि निकै उपयुक्त हुने पनि उनले बताए।
कम्पनीले यो गाडीको मूल्य ६९ लाख ९९ हजार रूपैयाँ तोकेको छ।
सुरक्षाको हिसाबले यस गाडीलाई एन क्यापले फाइभस्टार रेटिङ दिएको छ।
बाहिरी डिजाइन आकर्षक रहेको यस गाडीमा भित्र इन्टेरियर पनि निकै लोभ लाग्दो छ।
रियल ब्हिल ड्राइभ रहेको यो गाडी कुदाउनका लागि निकै पावरफुल छ।
इलेक्ट्रिक गाडी बिक्रीमा एमजी नेपालमा तेस्रो स्थानमा छ।
एमजीको यस अघि नेपाली बजारमा सार्वजनिक भएको जेड एस इभी एस फाइभ निकै लोकप्रिय छ।