होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दसैंको अवसरमा ल्याएको 'यो दसैं, आशाको सुरुवात' योजना अन्तर्गत 'होन्डा छ साथ साथ' मार्फत सातै प्रदेश— हरेक प्रदेशबाट एक-एक गरी विजेताहरू छनोट गर्ने जनाएको थियो।
चाडपर्वको उल्लाससँगै समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै होन्डाले यस वर्ष 'सहयोगको संकल्प' नामक विशेष योजना सञ्चालन गरेको छ।
यस योजना अन्तर्गत 'होन्डा छ साथ साथ' मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रूपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ।
यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष भनेको विजेताहरूले जति रकम प्राप्त गर्छन्, होन्डा नेपालले सोही बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको थियो।
यसै योजना अन्तर्गत लक्की ड्र मार्फत सातै प्रदेशबाट पहिलो ३ हप्ताको विजेताहरू छनोट गरि कम्पनीले सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार पहिलो हप्ताका विजेताहरूमा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (१० हजार रूपैयाँ), प्रदेश २ बाट अफजल मियाँ (१ लाख रूपैयाँ), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (१० हजार रूपैयाँ), प्रदेश ४ बाट बिज्ञान लामा (१० हजार रूपैयाँ), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (१० हजार रूपैयाँ), प्रदेश ६ बाट पदमबहादुर शाही (५० हजार रूपैयाँ) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१० हजार रूपैयाँ) रहेका छन्।
त्यस्तै, दोस्रो हप्ताका विजेताहरूमा प्रदेश १ बाट विकासकुमार यादव (१० हजार रूपैयाँ), प्रदेश २ बाट सुन लामा (१० हजार रूपैयाँ), प्रदेश ३ बाट राजु महर्जन (२५ हजार रूपैयाँ), प्रदेश ४ बाट बलराम थापा (५० हजार रूपैयाँ), प्रदेश ५ बाट पुष्पा थारु (१० हजार रूपैयाँ), प्रदेश ६ बाट मानसिंह दाहाल (१ लाख रूपैयाँ) तथा प्रदेश ७ बाट विनिता पाठक (१० हजार रूपैयाँ) रहेका छन्।
यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राई (५० हजार रूपैयाँ), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव (१० हजार रूपैयाँ), प्रदेश ३ बाट दिशान्त विष्ट (१० हजार रूपैयाँ), प्रदेश ४ बाट मनोज घिमिरे (१० हजार रूपैयाँ), प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी (१० हजार रूपैयाँ), प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (१० हजार रूपैयाँ) र प्रदेश ७ बाट जुजेस्टर राणा (१० हजार रूपैयाँ) विजयी भएका छन्।
कम्पनीले सम्पूर्ण विजेताहरूलाई उनीहरुले जितेको रकम हस्तान्तरण गर्नुका साथै आफ्नो 'सहयोगको संकल्प' अनुरुप सोही बराबरको थप रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
यसैबीच, ग्राहकहरूको अभूतपूर्व उत्साह र मायालाई ध्यानमा राख्दै कम्पनीले यो योजना आगामी मंसिर १४ गते (३० नोभेम्बर) सम्मका लागि थप गरिएको जानकारी दिएको छ।
यसबाट अझ धेरै ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्।