ओमोडा एन्ड जेइको तथा आइकार सवारीसाधनको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंकबीच नेपाल प्रिमियर लिग सिजन ३ को अवसरमा ग्राहकलाई विशेष लाभ प्रदान गर्ने उद्देश्यले साझेदारी भएको छ।
यस साझेदारीअन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकोका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्नेछ।
साथै, सिद्धार्थ बैंकमार्फत ओमोडा एन्ड जेइकोको सवारीसाधन खरिदका लागि फाइनान्सिङ गर्ने ग्राहकले सवारीसाधन खरिदमा विशेष छुट प्राप्त गर्नेछन्।
यो योजना सिजन ३ को अवधिभर लागू हुनेछ र नेपालभर रहेका सबै आधिकारिक ओमोडा एन्ड जेइको डिलरशिप तथा सिद्धार्थ बैंकका शाखामार्फत उपलब्ध हुनेछ।
यसले देशभरका ग्राहकलाई उक्त विशेष लाभ सहज रूपमा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।
यो साझेदारीले नेपाल प्रिमियर लिगमार्फत नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सक्रिय रूपमा योगदान गर्दै आएका दुई प्रमुख ब्रान्डलाई एकै ठाउँमा ल्याएको छ।
सिद्धार्थ बैंक एनपिएल को टाइटल स्पोन्सर तथा ओमोडा एन्ड जेइको एनपीएलको को-स्पोन्सरका रूपमा सिजन ३ मा पनि आबद्ध छन्।
दुवै ब्रान्ड एनपीएलको पहिलो सिजनदेखि नै यस प्रतियोगितासँग जोडिँदै क्रिकेटको विकास र प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएका छन्।