एनआई सी एशिया बैंक र अल्का अस्पतालबीच सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानीगर्दा २० प्रतिशत सम्म छुट प्राप्तगर्न सक्नेछन्।
सम्झौतापत्रमा बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले हस्ताक्षर गरे।
बैंकका देसभरि २८३ शाखा, २८९ एटिएम, ४१ एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाइ छन्।