राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १२ प्रतिशत लाभांश प्रस्तावसहित साधारण सभा गर्ने भएको छ।
बैंकले माघ २४ गते साधारण सभा बोलाएको छ।
बैंकले चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यस्तै, गत वर्षको वित्तीय विवरण पारित गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ।
साधारण सभा दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंकको सभाहलमा दिउँसो २ बजे शुरु हुने बैंकले बताएको छ।