रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गएको आर्थिक वर्षमा ४८ प्रतिशतले नाफा बढाएको छ।
कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण नगरिएको वित्तीय विवरणअनुसार ४ करोड ३३ लाख नाफा आर्जन गरेको जानकारी गराएको छ। अघिल्लो वर्ष कम्पनीले २ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीले गएको वर्ष १ अर्ब ३६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो। जुन अघिल्लो वर्षको भन्दा ६४ करोडले बढी हो।
१ अर्ब ४७ करोड चुक्ता पुँजी भएको कम्पनीले गएको वर्ष रिजर्भ ३४ प्रतिशतले बढाएर १४ करोड ३२ लाख पुर्याएको छ।
कम्पनीको कूल आम्दानी गएको वर्षको तुलनामा ८१ प्रतिशत बढेको छ। कम्पनीले लगानी तथा ऋणबाट गएको वर्ष ९ करोड ८६ लाख रुपैयाँ आम्दनी भएको छ।