सेयर बजारमा सूचीकृत भएका नौ हाइड्रोपावर कम्पनीका ११ वटा जलविद्युत आयोजनामा क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।
हालसम्म प्राप्त विवरण अनुसार बाढी-पहिरोको कारण १८ वटा आयोजनामा क्षति पुगेको हो। जसमध्ये ११ वटा आयोजना सञ्चालन गरिरहेका नौ कम्पनी नेप्सेमा सूचीकृत छन्। यी ११ वटा आयोजनाको उत्पादन नै बन्द भएको छ।
यी कम्पनीहरूमा हिमाल दोलखा हाइड्रो पावर, सानिमा माइ हाइड्रो, सुपरमाइ हाइड्रो, सगरमाथा जलविद्युत्, माइखोला हाइड्रो, सान्भी इनर्जी, एशियन हाइड्रो, सामलिङ पावर, पञ्चकन्या माइ छन्।
हिमाल दोलखा हाइड्रो पावरका माइखोला हाइड्रो र माइखोला क्यासकेडमा क्षति पुगेको हो। त्यस्तै, सानिमा माइको माइखोला र माइखोला क्यासकेडमा क्षति पुगेको हो।
सुपर माइ हाइड्रोपावर कम्पनीको सुपर माइ हाइड्रो, सगरमाथा जलविद्युत कम्पनीको सुपरमाइ एमा क्षति पुगेको हो। माइ खोला हाइड्रोपावर कम्पनीको सुपरमाइ ए क्यासकेड, सान्भीको जोगमाइ खोला र जोगमाइ क्यासकेड आयोजनामा क्षति पुगेको छ।
एसियन हाइड्रोपावरको तल्लो जोगमाइ आयोजना, सामलिङ पावरको माइबेनी हाइड्रोमा क्षति पुगेको हो। पञ्चकन्या माइको माथिल्लो माइखोला आयोजनामा क्षति भएको हो।
यी कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय ८६ रूपैयाँदेखि आठ सय ८९ रूपैयाँसम्ममा कारोबार भइरहेको छ। हाल सेयर बजारमा ९४ वटा जलविद्युत् कम्पनी सूचीकृत छन्।