सोमबार सेयर बजार परिसूचक नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा आइपुगेको हो।
कारोबार अवधिमा २५८७ विन्दुसम्म पुगेको नेप्से त्यसपछि भने उकालो लागेको हो। बजार बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
यस दिन तीन अर्ब ४४ अर्ब रूपैयाँको कारोबार भएको छ। आइबार ४ अर्ब रूपैयाँको कारोबार भएको थियो।
कारोबारमा आएका सबै समूहमा एक प्रतिशतभन्दा कमको परिवर्तन भएको छ।
सोमबार कारोबारमा आएका तीन सय २९ उपकरणमध्ये एक सय ८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै दुई सय २५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी स्थिर छन्।
यसदिन स्वस्तिक लघुवित्त र एसवाइ प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। स्वस्तिक लघुवित्तको दुई हजार दुई सय २७ रूपैयाँमा र एसवाइ प्यानलको ६ सय ६७ रूपैयाँमा कारोबार भएको हो।
त्यस्तै, हिमस्टार उर्जाको सेयर मूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशतले घटेको छ। कम्पनीको सेयर प्रतिकित्ता आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
यसदिन ङादी ग्रुप पावरको सबैभन्दा धेरै १४ करोड २५ लाख रूपैयाँको कारोबार भएको हो।