सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.१७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको लाभांश प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत र साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।
यसअघि कम्पनीले १.२४ प्रतिशत बोनस सेयरसहित कुल ९.२४ प्रतिशत लाभांश दिएको थियो।
मंगलबार कम्पनीको सेयर प्रतिकित्ता चार सय एक रूपैयाँमा कारोबार भइरहेको छ।