मंगलबार नेप्से परिसूचक स्थिर छ।
सोमबार २६४१.०५ विन्दुमा बन्द भएको नेप्से आज २६४१.८५ विन्दुमा बन्द भएको छ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ।
सोमबार ३ अर्ब ६७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ४ अर्ब ११ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४० वटा धितोपत्रको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर किनबेच भएको हो।
आज १३३ कम्पनीको सेयरमूल्य बढेको छ भने १२२ वटाको घटेको छ। यस्तै २० कम्पनी स्थिर छन्।
अपर लोहोरे खोला हाइड्रोपावको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३६ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, ७% आरबिबिएल डिबेन्चर २०८८ को मूल्य ५.९२ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार ५३ रूपैयाँ कायम भएको छ।
यसैगरी, महिला लघुवित्तको मूल्य सर्वाधिक १४.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३७० रूपैयाँमा झरेको छ।
यस्तै, १०% प्राइम डिबेन्चर २०८८ को मूल्य ४.१७ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १५० रूपैयाँमा सीमित भएको छ।
मंगलबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६९३ रूपैयाँ २० पैसामा ४४ करोड ८७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.५० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ।
उक्त कम्पनीको ३७७ रूपैयाँमा ३३ करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको घटेको छ।