बुधबार पनि नेप्से परिसूचक स्थिर छ।
मंगलबार २६४१.८५ विन्दुमा बन्द भएको नेप्से आज २६४२.४० विन्दुमा बन्द भएको छ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ।
मंगलबार ४ अर्ब ११ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ३ अर्ब ५३ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४८ वटा धितोपत्रको ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच भएको हो।
आज १०२ कम्पनीको सेयरमूल्य बढेको छ भने १६५ वटाको घटेको छ। यस्तै नौ कम्पनी स्थिर छन्।
माउन्ट एभरेस्ट पावको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३४५ रूपैयाँ पुगेको छ।
यस्तै, इमर्जिङ नेपालको मूल्य ५.४८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८४७ रूपैयाँ कायम भएको छ।
यसैगरी, १२% आइसिएफसी फाइनान्स डिबेन्चर २०८३ को मूल्य सर्वाधिक १५ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ४९ रूपैयाँमा झरेको छ।
यस्तै, अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३७१ रूपैयाँ २० पैसामा सीमित भएको छ।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४३० रूपैयाँमा ३१ करोड ६० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.८५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सेन्ट्रल फाइनान्स रहेको छ।
उक्त कम्पनीको ६५० रूपैयाँमा २२ करोड ४८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको घटेको छ।
यसमध्ये लगानी समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ।