सर्वोत्तम पेन्ट्सको सेयर कारोबार आज (बिहीबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३०० रूपैयाँमा पहिलो कारोबार भएको हो।
सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
कम्पनीको 'एसएपिआइएल' संकेतमा सेयर कारोबार खुला भएको छ।
कम्पनीको आइपिओ बुधबार नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको ८ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको २५ लाख ५० हजार कित्ता सेयर गरी कुल ३४ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले पहिलो कारोबारको लागि १०० रूपैयाँदेखि ३०० रूपैयाँसम्मको मूल्य रेञ्ज पाएको थियो।
नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि तिनीहरूको नेटवर्थको आधारमा तीन गुणासम्म मूल्य रेञ्ज दिन्छ।