बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ।
बुधबार ३ अर्ब ५३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ३ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४७ वटा धितोपत्रको एक करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर किनबेच भएको हो।
आज १७१ कम्पनीको सेयरमूल्य बढेको छ भने ८६ वटाको घटेको छ। यस्तै, १९ कम्पनी स्थिर छन्।
सवोत्तम पेन्ट्सको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३४५ रूपैयाँ पुगेको छ।
यस्तै, माउन्ट एभरेस्ट पावको मूल्य १४.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३९६ रूपैयाँ ७० पैसा कायम भएको छ।
यसैगरी, १०.२५% प्रभु बैंक डिबेन्चर २०८६ को मूल्य सर्वाधिक १०.४५ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १३१ रूपैयाँमा झरेको छ।
यस्तै, ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ को मूल्य ५.५८ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ६५ रूपैयाँ १० पैसामा सीमित भएको छ।
बिहीबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २५६ रूपैयाँ ७० पैसामा २९ करोड ९८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ११.९० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ।
उक्त कम्पनीको एक हजार ४१९ रूपैयाँ ८० पैसामा १६ करोड ६९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १० समूहको परिसूचक बढेको छ भने बाँकी ३ समूहको घटेको छ।
यसमध्ये लगानी समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ।