शुक्रबार नेप्से परिसूचक घटेको छ।
नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा बन्द भएको छ।
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
बिहीबार ३ अर्ब ७२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ४ अर्ब २७ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४४ वटा धितोपत्रको ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर किनबेच भएको हो।
आज १०१ कम्पनीको सेयरमूल्य बढेको छ भने १६४ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
माउन्ट एभरेस्ट पावरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४५६ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, सर्वोत्तम पेन्ट्सको मूल्य १४.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३९६ रूपैयाँ ७० पैसा कायम भएको छ।
यसैगरी, सुपर खुदी हाइड्रोपावरको मूल्य सर्वाधिक १२.८३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८७० रूपैयाँमा झरेको छ।
यस्तै, सिटिजन सम्मुनत योजनाको मूल्य ८.३३ प्रतिशतले घटेर प्रति डिबेन्चर ८ रूपैयाँ २५ पैसामा सीमित भएको छ।
शुक्रबार एग्रिकल्चर बन्डको सर्वाधिक कारोबार भएको छ।
उक्त बन्डको एक हजार १६ रूपैयाँमा ७० करोड ८७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.६० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा खानीखोला हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको ३३१ रूपैयाँ ५० पैसामा १७ करोड ९८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशतले घटेको छ।