सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से २.२५ अंकले घटेर २६४१.५८ विन्दुमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
शुक्रबार ४ अर्ब २७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५० वटा धितोपत्रको एक करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।
सर्वोत्तम पेन्ट्सको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४५६ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, माउन्ट एभरेस्ट पावरको मूल्य १४.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५२४ रूपैयाँ ६० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा फर्स्ट माइक्रोफाइनान्स रहेको छ।
उक्त कम्पनीको मूल्य ६.६३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७७५ रूपैयाँमा झरेको छ
यसैगरी, महिला लघुवित्तको मूल्य ६.५७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १९५ रूपैयाँमा सीमित भएको छ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार ८४१ रूपैयाँ ६० पैसामा एक अर्ब ३८ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ११.१७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोलु हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ७०९ रूपैयाँमा ३८ करोड ४४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको घटेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले बढेको छ।