मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ५ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ७ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४७ वटा धितोपत्रको एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।
सर्वोत्तम पेन्ट्सको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५२४ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, माउन्ट एभरेस्ट पावरको मूल्य १४.९८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६०३ रूपैयाँ २० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा सगरमाथा जलविद्युत रहेको छ।
उक्त कम्पनीको मूल्य १०.६३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२९ रूपैयाँमा झरेको छ
यसैगरी, खानीखोला हाइड्रोपावरको मूल्य ९.६७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९९ रूपैयाँमा सीमित भएको छ।
मंगलबार एग्रिकल्चर बन्डको सर्वाधिक कारोबार भएको छ।
उक्त बन्डको एक हजार १२ रूपैयाँमा ५० करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोलु हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ६८७ रूपैयाँ ८० पैसामा ३९ करोड १४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले घटेको छ।