बुधबार नेप्से परिसूचक स्थिर छ।
मंगलबार २६२२.४८ विन्दुमा बन्द भएको नेप्से यसदिन २६२२.२२ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ५ अर्ब ७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४६ वटा धितोपत्रको ९५ लाख ८ हजार ८८२ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ। यस्तै, १८ कम्पनी स्थिर छन्।
माउन्ट एभरेस्ट पावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९३ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, सर्वोत्तम पेन्ट्सको मूल्य १४.९८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६०३ रूपैयाँ २० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा मनकामना इन्जिनियरिङ हाइड्रोपाव रहेको छ।
उक्त कम्पनीको मूल्य ८.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २५९ रूपैयाँमा झरेको छ
यसैगरी, सनराइज ब्ल्यूचिप फण्डको मूल्य ३.७० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९ रूपैयाँ ६३ पैसामा सीमित भएको छ।
बुधबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ७०१ रूपैयाँमा १७ करोड ५२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.४० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोलु हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ६८२ रूपैयाँ १० पैसामा १६ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको घटेको छ।