बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार ३ अर्ब २९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ४० करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४५ वटा धितोपत्रको ९५ लाख ७६६ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।
माउन्ट एभरेस्ट पावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७९७ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, सर्वोत्तम पेन्ट्सको मूल्य १४.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६९३ रूपैयाँ ६० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा कुमारी धनवृद्धि योजना रहेको छ।
उक्त योजनाको मूल्य ९.७७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ९७ पैसामा झरेको छ
यसैगरी, कुमारी इक्विटी फण्डको मूल्य ९ प्रतिशतले घटेर प्रति इकाइ मूल्य १० रूपैयाँ १ पैसामा सीमित भएको छ।
बिहीबार एग्रिकल्चर बन्डको सर्वाधिक कारोबार भएको छ।
उक्त बन्डको एक हजार १५ रूपैयाँमा ५० करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको दुई हजार ७८४ रूपैयाँमा ३० करोड ४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको घटेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले घटेको छ।