मंगलबार नेप्से परिसूचक बढेको छ।
नेप्से ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
शुक्रबार ६ अर्ब ७४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ७ अर्ब ५ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५६ वटा धितोपत्रको दुई करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।
मिड सोलु हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६०६ रूपैयाँ पुगेको छ।
यस्तै, फर्स्ट माइक्रोफाइनान्सको मूल्य ७.७५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८२० रूपैयाँ कायम भएको छ।
यसदिन स्नो रिभर्सको सेयर मूल्य सर्वाधिक ८.२३ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य ९७० रूपैयाँ पुगेको छ।
यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ६.९६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७४९ रूपैयाँमा सीमित भएको छ।
मंगलबार हाथवे इन्भेस्टमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४८९ रूपैयाँमा ४४ करोड ४० लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.१६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिस्टिलरी रहेको छ। उक्त कम्पनीको एक हजार २८४ रूपैयाँमा ४० करोड ३६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको बढेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशतले बढेको छ।