बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
नेप्से ७३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ७ अर्ब ५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ६ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५२ वटा धितोपत्रको दुई करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर किनबेच भएको हो।
बुधबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।
धौलागिरी लघुवित्तको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३४१ रूपैयाँ ९० पैसा पुगेको छ।
यस्तै, सिवाइसी नेपाल लघुवित्तको मूल्य ५.४४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ५३१ रूपैयाँ कायम भएको छ।
यसदिन फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य ७५० रूपैयाँ पुगेको छ।
यसैगरी, माउन्ट एभरेस्ट पावरको मूल्य ५.७२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६४६ रूपैयाँ २० पैसामा सीमित भएको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ६८७ रूपैयाँमा ३८ करोड ३४ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.९० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको दुई हजार ७२२ रूपैयाँ ९० पैसामा २१ करोड २५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यसमध्ये जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको छ।