मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।