मंगलबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ५ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३६३ वटा धितोपत्रको एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
आइसिएफसी फाइनान्सको डिबेन्चर २०८३ को मूल्य सर्वाधिक ९.१८ प्रतिशतले बढेको छ।
उक्त डिबेन्चरको प्रतिकित्ता मूल्य एक हजार ५६ रूपैयाँ पुगेको छ।
यस्तै, सयपत्री हाइड्रोपावरको मूल्य ६.७९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५३५ रूपैयाँ कायम भएको छ।
यसदिन सिटिजन सुपर ३० म्युचुअल फण्डको मूल्य सर्वाधिक ५.४४ प्रतिशतले घटेको छ।
उक्त इकाइको मूल्य ९ रूपैयाँ २२ पैसा पुगेको छ।
यसैगरी, आरबिबी म्युचुअल फण्डको मूल्य ४.६७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ३९ पैसामा सीमित भएको छ।
मंगलबार हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार २९७ रूपैयाँमा २२ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ६९० रूपैयाँमा १७ करोड २५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ।