सोमबार नेप्से परिसूचक बढेको छ।
नेप्से ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ३ अर्ब २७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब १३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५९ वटा धितोपत्रको ८९ लाख ५५ हजार २३० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्।
त्रिशूली जलविद्युतको मूल्य सर्वाधिक ५.११ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य २८८ रूपैयाँ पुगेको छ।
यस्तै, साल्पा विकास बैंकको मूल्य ३.७७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८४० रूपैयाँ ५० पैसा कायम भएको छ।
यसदिन सर्वोत्तम पेन्टस्को मूल्य सर्वाधिक ४.९४ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १३६ रूपैयाँ पुगेको छ।
यसैगरी, एनआइबिएल ग्रोथ फण्डको मूल्य ४.४४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ६० पैसामा सीमित भएको छ।
मंगलबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २७८ रूपैयाँ ६० पैसामा २३ करोड ९१ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.३१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा लिभर्टी इनर्जी रहेको छ। उक्त कम्पनीको २५१ रूपैयाँ ५० पैसामा १३ करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको बढेको छ।